विश्व पानी दिवश र मेयर हर्क साङपाङ

विश्व पानी दिवश १९९३ मार्च २२ तारिखदेखि संयुक्त राष्ट्रसंघको आव्हानमा विश्व पानी दिवश मनाउन थालिएको हो। विश्वका मानिसहरुलाई स्वच्छ पानी उपलव्ध गराउन र पानीका श्रोतहरुको दिगो संरक्षणको विषयमा जनचेतना फैलाउने मुख्य उद्धेश्यका साथ यो दिवश मनाउन थालिएको हो। “तपाईले संसारमा हेर्न चाहनु भएको परिवर्तनकारी बन्नु होस” भन्ने यो वर्षको नारा रहेको थियो।
संयुक्त राष्ट्र संघको नारामा जे भए पनि मैले यो लेखको शिर्षक चाहि “विश्व पानी दिवश र हर्क साङपाङ” राख्दा सान्दर्भिक नै ठानेको छु। किनभने धरानमा उत्पन्न वर्षौंदेखिको पानीको समस्यालाई समाधान गर्न भनि एक सुत्रिय योजना लिएर मेयर बन्नु भएका धरानका नगर प्रमुख हर्कराज राई (साङपाङ) ले गर्दै आउनु भएका प्रयास र कमीकमजोरीका बारेमा समिक्षा गर्ने यो लेखको मुल उद्धेश्य रहेको छ।


धरानको मेयर भएको १० महिना अवधिमा मेयर साङपाङले धरानका चार जलाधार क्षेत्र सर्दु,खर्दु,सेउती, कोका र पकुवा खोलाबाट धमाधम नयाँ टंकीहरु निर्माण गरी धरान १३ मा रहेको मुल टंकीमा पानी खसाउने काम भईरहेको छ। यस अधि सर्दु र खर्दु खोलाबाट खानेपानी संस्थानले नै ल्याएर खुवाईरहेको थियो। तर तिनै मुहानबाट चुहेका पानीहरुलाई संकलन गरी वर्षाको बेला थप पानीको जोहो गर्ने मेयरले प्रयास गरेका हुन्। यसैगरी सेउती र पकुवा अनि कोकाहा खोलाबाट पाईप बिस्तार गरी नयाँ टंकी थपेर पानी ल्याउने काम भईरहेको छ, जो यस अधिका परियोजनाले ल्याउन सकेको थिएन। यी नयाँ मुहानहरुबाट ल्याईएका पानीहरु वर्षायाममा प्रतिदिन ५० लाख लिटर र हिउँदमा २० लाख लिटर थप हुने कुरा विज्ञहरु बताउँछन्। सर्दु खोलामा पानीको मुहानलाई संरक्षण गर्न ब्रिटिश गोर्खा वेयलफेयर ले ३ वटा पोखरी र टंकी बनाई दिने भएको छ । अन्य मुहानबाट पानी ल्याउन पाईप बिस्तार, टंकी निर्माण गर्न देश/विदेशमा रहेका जनताहरुले आर्थिक तथा श्रमदान गरीरहेका छन् । यो नै यो परियोजनाको सुन्दर पक्ष रहेको छ। जलाधार क्षेत्रको अस्थाई सरसफाईमा राम्रो काम भएका छन्।
यस कामको लागि रातदिन नगर प्रमुख आफंै खटिनुले आज वहाँ विश्वभरीका नेपालीहरु बीच चर्चा र प्रशंसाको पात्र बन्न पुगेका छन्। वहाँसँगैै धरानको नाम पनि सर्वत्र फैलिएको कुरा सत्य हो। एक जना जनप्रतिनिधीले चाहयो भने के हुन सक्दैन र? उनले आव्हान गरेको खण्डमा सारा नेपालीहरुले सहयोग गर्दो रहेछ भन्ने उदाहरण बनेका छन मेयर साङपाङ । हाक्की स्वभाव र घुस नखाने मेयरको रुपमा पनि चर्चामा आएका छन्।काम सम्पन्न नहुन्जेलसम्म विश्राम नलिने, काम आफैंले गर्नुपर्ने स्वाभावले पनि उनी प्रशंसाका पात्र बनेका छन्। र श्रम संस्कृतिलाई व्यवहारमा उतार्न वहाँ सफल हँुदै गएका छन्। तर यति हुँदाहुँदै पनि वहाँ घरीघरी विवादमा आउने क्रम पनि नरोकिनु वहाकै लागि मननीय विषय हो।
धरानमा पानीको समस्याः
झण्डै डेढ लाख जनसख्या भएको धरानमा ३५ हजार घरपरिवार रहेका छन्। ती मध्ये हाल २८ हजार घर परिवारले धरान खानेपानी व्यवस्थापन बोर्डको ग्राहक भई धरान खानेपानी व्यवस्थापन बोर्डद्धारा वितरित पानी उपभोग गरिरहेका छन्। बाँकी जनतालेभने आफनै घर टोल नजिकका खोलाखोल्सीको पानी संकलन गरी खाईरहेका छन्। वीपी प्रतिष्ठान,नेपाली सेना, नेपाल प्रहरी, भारतीय, ब्रिटिश वेलफेयर सेन्टर जस्ता ठुला धरानमा रहेका संस्थाहरुले पनि आफैले पानीका श्रोतको जोहो गरेर खाईरहेका छन्। हालै धरान एकिकृत खानेपानी योजना अन्तर्गत एशियाली विकाश बंैकको आर्थिक अनुदान तथा ऋण सहयोगमा झण्डै ३ अर्ब रुपैयाँ खर्च गरी नयाँ पानीका भौतिक संरचना, श्रोतहरु थपिएका छन्। यसरी एकिकृत शहरी विकाश परियोजना अन्तर्गत बनेको नयाँ पानीको योजनाले सन् २०३० सम्म धरानका १७ हजार घर परिवारलाई शुद्ध पिउने पानी प्रति दिन १६ घण्टा उपलब्ध गराउने लक्ष लिएको थियो। अझ सो पानी ७ मिटरसम्म बिना मिटर चडन सक्ने डिजाईन गरीएको थियो। तर हाल सो परियोजना सम्पन्न भई परीक्षणकाल सकिएर ठेकेदार कम्पनी र परामर्शदाता कम्पनीले पनि धरान छाडिसकेका छन्। झण्डै ३५ वर्ष पानीको व्यवस्थापन गर्दै आएको नेपाल खानेपानी संस्थानलाई पनि बिदा दिएर धरान खानेपानी व्यवस्थापन बोर्र्डले एकलौटी पानी व्यवस्थापनको सम्पुर्ण जिम्मेवारी लिई सकेको अवस्था छ। र सो बोर्डंको अध्यक्षमा हालका मेयर स्वयम छन्। तर दुर्भाग्य नयाँ परियोजनाले मनग्गे पानी खान दिने भयो भनि मुख “आ” गरी बसेका नगरवासीको घरमा नयाँ परियोजनाले पनि मनग्ने पानी दिन सकेको छैन। अहिले हिउँदमा दुई दिनमा एक घण्टा पनि राम्ररी पानी थाप्न नपाउँदा अधिकांश नगरवासीहरु निराश र रुष्ट बन्न पुगेका छन्। पानीको गुणस्तरमा खासै वृद्धि भएको छैन भने चुहावटको कारण कतै वालछ्याल छभने कतै थोपै आउदैेन। आखिर कहाँ चुक्यो नयाँ परियोजना? के नयाँ योजना फेल खाएकै हो त? धराने जनता यतिबेला अवाक र अन्यौलमा छन्?
नया“ परीयोजना चुक्नुको मुख्य कारणहरुः
हाल धरानमा प्रतिदिन ३ करोड लिटर पानीको आवश्यकता पर्दछ । तर हालको नयाँ परियोजनाले पनि सबै श्रोतबाट वर्षामा २ करोड लिटर पानी मात्र संकलन गर्न सकेको छ । त्यसमा पनि ४० प्रतिशत चुहावट हँुदा मुश्किलले डेढ करोड लिटर पानी आपुर्ति गरी रहेको छ। धरानमा भएका श्रोतहरु मध्ये सर्दु खोलाको पानीबाट ५० प्रतिशत र भुमीगत पानीको कुवाबाट ५० प्रतिशत धानी रहेको छ । चारकोशे जंगलबाट ८ स्थानबाट बोरिङ गरेर पानी ल्याईएको छ। बिजुलीबाट बोरिङ गर्नु पर्दा त्यहाँ धेरै प्राविधिक कमजोरी भईरहेको कारण पानीभने जस्तो आपुर्ति हुन सकेको छैन। विगतका मेयरहरुले बिना प्रतिस्पर्धा नियुतिm गरेका कमजोर सिकारु कर्मचारी, प्राविधीकका कारण पनि विगत एक वर्षदेखि नयाँ परियोजनामा ठुलो असर परिरहेको बताईन्छ। यसै गरी पानीको चुहावट कम गर्न व्यवस्थापन बोर्डले खासै पहल गरेको पाइएको छैन। खानेपानी बोर्डको नियमित बैठक नबस्नु र हिसाब/किताब पारदर्शी नहुनु पनि नयाँ परियोजना कमजोर हुनु मुख्य कारण रहेका छन्।
अबका मेयरले के के काम गर्नुृ आवश्यक छ?
धरानको खानेपानी र जलाधार सरक्षणमा विगत २० वर्ष देखि वातावरण तथा पर्यटन विकाश केन्द्र नामको संस्था नै स्थापना गरी काम गर्दै आएको यस पंतिmकारले धरान खानेपानी व्यवस्थापन बोर्डले पानीको समस्या समाधान गर्न तत्कालै निम्न कामहरु अधि सार्न सुझाव दिन चाहन्छ।
१) यो नयाँ परियोजनाको संचालनको लागि भनि एक स्वतन्त्र खानेपानी व्यवस्थापन बोर्डको गठन गरिएको छ। सो बोर्डमा अध्यक्षदेखि निर्देशक, लेखापाल, योजना अधिकृतहरु प्रतिस्पर्धा तथा चुनावद्धारा छनौट गर्नु पर्ने प्रावधान छ। तर हाल सो बोर्डको अध्यक्ष, निर्देशक, लेखापाल, योजना अधिकृतहरु सबै उपमहानगरपालिकाका मेयर तथा कर्मचारीहरुले चलाई रहेका छन्। नगर प्रमुख हर्क साङपाङ राईज्युले खानेपानी बोर्डको कर्मचारी कार्यविधीमा स्पष्ट उल्लेख भए अनुसार तत्कालै लोकसेवा आयोगवाट वा आफैले स्वतन्त्र प्रतिस्पर्धाबाट एक जना महाप्रबन्धक नियुतिm गर्नृ पर्दछ। तिनै महाप्रबन्धकले अन्य कर्मचारीहरु नियुक्तिको व्यवस्था मिलाउन निर्देशन दिन आवश्यक छ।
२) वर्तमान खानेपानी बोर्डका सदस्यहरु सबै राजनीतिक तरिकाले छनौट भएको देखिन्छ । तर बोर्डको नियम र मर्मअनुसार निष्पक्षरुपमा खुल्ला प्रतिस्पर्धाको आधारमा नियुतmी गर्न वर्तमान बोर्डका अध्यक्ष अग्रसर हुनु वान्छनीय छ।
३) परियोजनले भने जस्तो ७ मिटर माथि पानी चढने, १६ घण्टा पानी आउने, शुद्ध पानी खुवाउने यो कुरा कहिलेदेखि लागु हुन्छ ? प्रोजेक्ट सकिएपछि आउनु पर्ने होईनर? यसको अनुगमन गर्न तुरुन्त एक छानविन समितिको गठन गर्नु पर्छ।
४) हालको पानीको समाधान गर्न नगर प्रमुखले खोलाको पानी संकलन गर्नु हुँदैछ तर हिउँदमा सो श्रोतहरु सुक्ने भएकोले तत्कालै चारकोशे जंगलबाट ४ वटा बोरिङ थपेर पानी निकाल्न आवश्यक छ।
५) पानीको नया योजना थप्न, वितरण प्रणाली दुरुस्त गर्न र आर्थिक पारदर्शीता कायम गर्दै सुशासनको लागि पनि बोर्ड बैठकलाई नियमित गर्न जरुरी छ। तर हालका मेयर साबले पनि पहिलेका मेयरहरु जस्तै बोर्ड बैठक आएदेखि नबोलाएकोमा ठुलो आलोचना भईरहेको छ।
६) पानीको मुहानहरुको संरक्षण गर्न धरान एकिकृत जलाधार संरक्षण समिति बनाएर काम गर्न अति आवश्यक छ । जुन समितिमा पानी सम्बन्धी विशेषज्ञ र पानीमा काम गरिरहेका सामाजिक संघ सस्थाका अभियन्ताहरु समावेश गर्न आवश्यक छ।
७) सर्दु जलाधार क्षेत्रको सिमांकन हुन नसक्दा जलाधार क्षेत्र सुरक्षित छैन, भने जमिन सम्बन्धी विवादले गर्दा जनताले अनावश्यक दुःख पाईरहेका छन्।
८) परियोजनामा व्यापक आर्थिक अनियमितता भएकोमा छानविन गरी मात्र खानेपानी संस्थानलाई बोर्डमा गाभ्न सकिने माग राख्दै हालका धरान नगर प्रमुख तथा खानेपानी बोर्डका अध्यक्ष ज्युले विगतका मेयरहरु समक्ष माग राख्दै आउनु भएको थियो । अहिले आफै बोर्डको अध्यक्ष भएको अवस्थामा अनियमितताको छानविन भयो कि भएन ? भयोभने के कस्ता त्रुटि भेटियो ? यस बारे श्वेतपत्र जारी गरी सर्वसाधारणलाई जानकारी दिन ढिलाई गर्न हँुदैन।
कहिले काही राम्रो काम गर्दा गर्दै पनि भांँति नपुग्दा विवादमा परिने गर्दछ । हाल पानीको समस्या समाधान गर्ने सन्दर्भमा नया मेयरको लागी थुप्रै चुनौतिहरु तेर्सिएका छन्। ति चुनौतिहरुको पहिचान गरी पानीको समस्या समाधान गर्न हालका मेयर धेरै कुरामा चुक्नु भएको पनि देखिन्छ । वहाँले हाल चलाउनु भएको नयाँ पानीका श्रोत थप्ने काम सह्रानीय छन्। तर यसका साथै भएको पानीलाई व्यवस्थापन गर्ने कुरामा वहाँ पनि पहिलेका जनप्रतिनिधीहरु जस्तै कमजोर देखिनु भएको छ।
संयुक्त राष्ट्रसंघले आव्हान गरेको विश्व पानी दिवशको अवसरहरुमा आफुले गरेका राम्रा कामको सार्वजनिकरण र समस्याहरु जनतालाई बताउनु हर्क साङपाङ जस्तो कर्मशिल स्वतन्त्र व्यतिmको लागि एउटा राम्रो अवसरको दिन पनि हो।
(लेखक, धरान खानेपानी व्यवस्थापन बोर्डका पुर्व सदस्य र पत्रकार महासंघ सुनसरीका पुर्व सभापति पनि हुन्।) दिव्य रोशनी साप्ताहिक वर्ष १८ अंक ४५ बाट

11 thoughts on “विश्व पानी दिवश र मेयर हर्क साङपाङ

टिप्पणीहरू are closed.