सुवास राई स्मृती सुपर–८ लिगः धरान ११ विजयी

दिव्य रोशनी(धरान)/ सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट अन्तर्गत छैटौं दिनको खेलमा धरान ११ ले ६ नं वडालाई २–० गोल अन्तरले हराउदै ३ अंक बटुलेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा आज बुधवार धरान रंगशालामा भएको खेलमा धरान ११ का धिरेन सुब्बा र सुसन ईङ्नामले १/१ गोल गरेका थिए। यसैगरी प्रतियोगितामा धरान ६ का अजय विष्टले खेलको १३ र ३२ औं मिनेटमा दोहोरो पहेलो कार्ड खादै मैदान छाडेका थिए। खेलको म्यान अफ दि म्याच धरान ११ का प्रविण राई घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।
लिग तालिकामा दुई खेल खेलेको धरान ११ नं वडा ४ अंकका साथ लिगको शिर्ष स्थानमा रहेको छ। यसैगरी समान दुई खेलबाट धरान ५ र १४ नं वडाको पनि ३ अंक छभने १ खेल मात्र खेलेको धरान १३ संग पनि ३ अंक रहेको छ। यसैगरी २ खेलबाट धरान ६ नं वडाको १ अंक रहेको छभने १ खेल मात्र खेलेको धरान १८ र १७ नं वडाको पनि समान १/१ अंक रहेको छ। त्यस्तै एक खेल मात्र खेलेको धरान ८ को अंक शुन्य छ। प्रतियोगिता अन्तर्गत भोली विहिवार धरान ८ का विरुद्ध धरान १३ नं वडाका बिच दिनको २ बजे खेल हुने म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए।
सुवास राई स्मृती सुपर–८ लिग कम नकआउट प्रतियोगितामा गोधुली रनिङ कप प्रतियोगीताका उत्कृष्ट ८ टीमहरुको सहभागीता रहेको छ। लीगको ग्रुप “ए” मा धरानको वडा नं १४, ८, ५ र १३ रहेको छभने ग्रुप “बि” मा वडा नं ११, १७, ६ र १८ रहेको छ । प्रतियोगिताका बिजेताले ट्रफि सहित नगद २ लाख ५ सय ५५ रुपैया र उपबिजेताले १ लाख ५ सय ५५ रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार सहित मेडल प्राप्त गर्नेछन्भने फाईनल खेलको म्यान अफ द म्याचले नगद ३ हजारका साथमा मेडल प्राप्त गर्नेछन्। त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर , सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही नगद ५ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सय सहित मेडल र ट्रफी प्राप्त गर्ने क्लवका अध्यक्ष अशोक राईले बताए।