तेस्रो हाम्रो धरान भेट्रान कपः धरान भेट्रान विजयी

दिव्य रोशनी(धरान)/ धरानमा जारी तेस्रो हाम्रो धरान भेट्रान कप अन्तर्गत बुधवार भएको खेलमा धरान भेट्रान फुटबल क्लव विजयी बनेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा बुधवार धरान रंगशालामा भएको खेलमा धरान भेट्रान फुटबल क्लवले उर्लाबारी भेट्रान फुटबल क्लवलाई ४–० गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो। खेलमा धरान भेट्रानका लागी सतिश केसीले पहिलो हाफको ३ मिनेट र दोस्रो हाफको ५४ औं मिनेटमा गोल गरेका थिएभने सागर घिमिरेले पहिलो हाफको ६ र १३ औं मिनेटमा गोल गरेका थिए। खेलमा उर्लाबारी भेट्रानले कुनैपनि गोल गर्न नसक्दा प्रतियोगिताबाट बहिरिन पुग्यो। खेलको म्यान अफ दि म्याच धरान भेट्रानका सतिस केसी घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।
प्रतियोगिता अन्तर्गत भोली विहिवारको खेल हाम्रो ईटहरी भेट्रान र भरौल भेट्रानका बीच दिनको ठिक ३ः३० बजे हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए। यही बैशाख २२ गते हुने उक्त प्रतियोगिताको बिजेताले ट्रफि सहित १ लाख ५ रुपैया र उपविजेताले ६० हजार ५ रुपैया सहित ट्रफि प्राप्त गर्नेछ । त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचले जनही नगद ३ हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद ४ हजार र प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित मेडल र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।
गत बर्ष हाम्रो ईटहरी भेट्रान क्लब विजेता बनेको थियोभने धरान भेट्रान उपविजेता बनेको थियो।