सुनसरीक्षेत्र नं १ मा प्रतिनिधीसभातर्फ माओवादीको फराकिलो अग्रता
दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य भईरहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार आज मंगलवार राति ८ः४० बजेसम्म १० हजार ४ सय ७ मत गणना हुदा नेकपा माओवादीका मुक्साहाङले अग्रतालाई फराकिलो बनाउदै लगेका छन्। जसमा नेकपा माओवादीको चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले २४६३ मत पाएका छन्भने जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले १९०३ मत ल्याएर पछ्याउदैछन्। यसैगरी घण्टी(गोमा तामाङ)ले १८४८ र खरायो(मनोज मेन्याङवो)ले १३०१ मत प्राप्त गरेको छ।
यसैगरी राप्रपाको चुनाव चिन्ह हलोले ११८४, लाउड स्पीकरले ४१, ढाका टोपीले १४, कुखुराको भालेले १६, दाप सहितको खुकुरीले ६१, ताराले ५२, पानीको फिल्टरले २७, घन्टाघर(कुमार कार्की)ले १७२, क्रस खुकुरीले ३५, चापाकलले २२, तिलहरी ५, पानीको जारले ३१८, सुर्यमुखी फुलले १५८, पुतली ८ छत्रेटोपी ७ र सेलरोटीले १९ मत ल्याएका छन्।
Pingback: 2perpetuate