धरानमा प्रदेश १ स्तरिय व्याडमिन्टन प्रतियोगिता शुरुः उपाधिका लागि २०६ जना खेलाडी प्रतिस्पर्धा गर्दै(भिडीयो सहित)
दिव्य रोशनी(धरान)/ धरानमा प्रदेश १ स्तरिय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ।
सुनसरी जिल्ला व्याडमिन्टन संघ धरानको आयोजना एवं त्रियोग व्याडमिन्टन क्लब धरानको सहआयोजनामा बिहिवारदेखि धरानमा प्रदेश स्तरिय व्याडमिन्टन प्रतियोगिता शुरु भएको हो।
बिहिवार एक समारोहका बिच प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रतियोगिताको उद्धघाटन गरेका छन्। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सदस्य सचिव वाग्लेले ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट चरण सकिन नपाउँदै धरानमा प्रदेश स्तरिय व्याडमिन्टन प्रतियोगिता हुनु खेलाडीहरुको लागि सुुखद पक्ष भएको बताए। उनले बच्चादेखि वृद्धासम्मले खेल्दै आएको यस खेल सबै जिल्लाहरुमा खेल्न थालिएको समेत बताए।

राज्यले सम्पूर्ण खेलक्षेत्रलाई सकरात्मक दृष्टिले नहेरेको बताउँदै सदस्य सचिव वाग्लेले आफंैपनि राज्यको तहमा भएर पनि कतिपय कुराहरु नीति नियमले गर्दा खेलकुद क्षेत्रलाई अगाडी बढाउन नसकिएको बताए। उनले धरानमा निजी व्यक्तिको सहयोग र लगानीले खेलकुद प्रतियोगिता संचालन हुनु अत्यन्तै सह्रानीय भएको समेत बताए। कार्यक्रममा जिल्ला व्याडमिन्टन संघका उपाध्यक्ष तथा प्रयिोगिताका संयोजक सुरेश नेयोङ लिम्बु, संघका केन्द्रिय उपाध्यक्ष चन्द्र शेखर लामा लगायतले बालेका थिए। सो उद्धघाटन कार्यक्रम संघका अध्यक्ष प्रतिक श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा व्याडमिण्टन खेलमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो।
बिहिवार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा मेन्स डबलतर्फ सत्यम सुब्बा रसूर्य श्रेष्ठ सुनसरीले हिमाल श्रेष्ठ र सौरभ ठकुरीलाई २१–१३ र २१–९ ले पराजित गरेको छभने शशी चौधरी र सुप्रिम पन्त मोरङले सगुन कार्की र गोपाल सुनार सोलुखम्बुलाई पराजित गरेको छ। यसैगरी खेलमा मकवान सिं लिम्बु र विकास तामाङ ताप्लेजुङले हरी भण्डारी र सुशिल श्रेष्ठ धनकुटालाई पराजित गरेको छभने जोसेफ अधिकारी र सुमन लिम्बु एपिएफ पकलीले रविन आङ्खेवा र ज्योतीहाङ राई सुनसरीलाई पराजित गरेको छ। यसैगरी खेलमा राजेन्द्र श्रेष्ठ र बिरु तामाङ संखुवासभाले सुचक खड्का र आवाज ओडारीलाई, विशाल तामाङ र प्रनिश सिंह ठकुरीको जोडीले आयुष घिमिरे र विशाल पराजुली धनकुटालाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका छन्।
यसैगरी मेन्स सिंगलतर्फ सत्यम सुब्ब सुनसरीले दिपन गुरुङ ताप्लेजुङलाई २१–७, २१–१५ को साझो सेटमा पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका छन्। त्यस्तै खेलमा विशाल तामाङ भोजपुरले पारसचन्द्र बोहोरालाई, श्रेजल पोख्रेल संखुवासभाले रोधन राई सुनसरीलाई, विवेक श्रेष्ठ भोजपुरले लाक्पा शेर्पा मोरङलाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका छन्। बिहिवार मेन्स सिंगल, मेन्स डबल र मिक्स डबलगरी जम्मा ३२ वटा खेलहरु सम्पन्न भएको प्राविधिक संयोजक रकम सुब्बाले बताए। उनका अनुसार भोली शुक्रबारको खेल बिहान ७ बजेदेखि शुरु हुने भएको छ।

प्रतियोगितामा ७ वटा ईभेन्टहरु हुनेछन्। जसमा मेन्स डबल्स, वुमन सिंगल, भेट्रान डबल्स (४५ वर्ष माथि), ब्वाईज सिंगल (१७वर्षसम्म), मेन्स सिंगल्स, मिक्स डबल र भेट्रान्स डबल(५५ वर्षमाथि) का प्रतियोगिता हुनेछन्। प्रतियोगितामा पुरुष डबल्समा प्रथम, दोस्रो, तेस्रो र तेस्रो हुनेले क्रमशः नगद ५१ हजार, ३१ हजार, १० हजार र १० हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन्भने वुमेन्स सिंगल्सका प्रथम, दोस्रो, तेस्रो र तेस्रो हुनेले क्रमशः नगद २१ हजार, १५ हजार, ५ हजार र ५ हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन्। यसैगरी पुरुष भेट्रान्स(४५ वर्ष माथि) का प्रथम दोस्रो, तेस्रो र तेस्रोले क्रमशः नगद ३० हजार, १८ हजार,६ हजार र ६ हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन्। त्यस्तै ब्वाईज सिंगल(१७ वर्षमुनी) का प्रथम, दोस्रो, तेस्रो र तेस्रोले क्रमशः नगद १५ हजार, १० हजार ५ हजार र ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यसैगरी प्रतियोगितामा मेन्स सिंगल्स तर्फका प्रथम, दोस्रो, तेस्रो र तेस्रो क्रमशः नगद २१ हजार, १५ हजार, ५ हजार ५ हजार सहित मेडल र प्रमाणपत्र पाउनेछन्भने पुरुष भेट्रान्स(५५वर्षमाथि) का प्रथम दोस्रो, तेस्रो र तेस्रो हुनेले क्रमशः नगद २० हजार, १५ हजार,५ हजार र ५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी मिक्स डबल्स तर्फका विजेताले नगद ३० हजार हित कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्भने दोस्रो तेस्रो र तेस्रो हुनेले क्रमशः नगद १८ हजार, ६ हजार ६ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
धरान १३ स्थित अमर सेवा समाजको बहुउद्धेश्यीय कबर्ड हलमा शुरु भएको प्रतियोगितामा १ नं. प्रदेशका १४ जिल्लाका २ सय ६ जना खेलाडीहरुले भाग लिएका छन्।