धरानमा यमाहाको महामेला शुरु
दिव्य रोशनी (धरान)/धरानमा यमाहा मोटरसाइकलको सात दिने महा एक्सचेन्ज मेला शुरु भएको छ।
धरानको छाताचोक स्थित सोमबारे हाटमा सात दिने महा एक्सचेन्ज शुरु भएको हो । नेपालीहरुको महान पर्व विजया दशमी दिपावलीको अवसरमा ग्राहकहरुको रुची र आवश्यकतालाई ध्यानमा
राखी यमाहा महा एक्सचेन्ज मेलाको आयोजना गरिएको यमाहाका आधिकारिक बिक्रेता विजयपुर ट्रेडर्सका संचालक प्रभाव खतिवडाले जानकारी दिए। उनले असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुने यमाहा महामेलामा पुराना वाइकहरुको एक्सचेन्ज, फाइनान्स सुविधा समेत ग्राहकहरुलाई उपलब्ध गराइएको बताए। उनका अनुसार पुराना बाइकहरुको मूल्यांकन प्रचलित बजार मुल्य भन्दा ७ हजार बढी दिइनेछ ।
मेलामा कुनैपनि ब्राण्डको पुरानो बाइक एक्सचेन्ज, ३० मिनेटमा नै सकिने गरी इजि फाइनान्सको सुविधा, हरेक बाइक खरीदमा ६ हजार पक्का उपहार, हरेक दिन खरीदकर्ताहरु मध्येबाट ३ जनालाई गोलाप्रथाद्धारा स्मार्ट टिभी प्रदान गरीने मेलाको विशेषता रहेको खतिवडाले बताए। उनले यमाहा महामेलामा यमाहाका पारखीका लागि एक अवसर भएकोले यो मौकाको फाइदा लिन समेत आग्रह गरे।
उक्त महामेलामा कुनै पनि बाइक तथा स्कुटरहरु मुल्यांकन गर्न ल्याउँदा अनिवार्य ब्लुबक साथमा लिएर आउनुपर्ने छ। यस मेलामा जुनसुकै कम्पनीका मोटरसाईकल र स्कुटीहरु समेत एक्सचेन्ज गरिने सुविधा रहेको छ। मेलामा प्रवेश गर्नेहरु ग्राहकहरु मध्येबाट एकजना भाग्यशाली ग्राहकलाई आकर्षक पुरस्कारको व्यवस्था समेत रहेको छ।
गत वर्ष धरानमा मेला अवधिभरी १ सय ५० भन्दा बढी बाइक तथा स्कुटर बिक्री भएको र यसवर्ष पनि सोही अनुसार अपेक्षा गरिएको सञ्चालक खतिवडाको भनाई रहेको छ। यमाहाले हरेकवर्ष ग्राहकको सुविधालाई ध्यानमा राखी महामेलाको आयोजना गर्दै आएको छ।

Pingback: site dating
Pingback: 뉴토끼