सोनाम ल्होछारको अवसरमा साँस्कृतिक पर्यटन महोत्सव हुने (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ तामाङ जातीहरुको महान् चाँड २८६० सोनाम ल्होछारको अवसरमा धरानमा बृहत साँस्कृतिक पर्यटन महोत्सवको आयोजना हुने भएको छ।
नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितीले विहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै सोनाम ल्होछारको अवसरमा धरानमा साँस्कृतिक पर्यटन महोत्सवको आयोजना गर्ने जनाएको हो। पत्रकार सम्मेलनमा घेदुङ नगर अध्यक्ष सपन योञ्जनले तामाङ जातिहरुको २८६० सोनाम ल्होछार (नयाँ वर्ष) २०८० को अवसरमा यही माघ २७ गते फागुन ५ गतेसम्म पब्लिक हाइस्कुलको खेलमैदानमा बृहत सांस्कृतिक महोत्सवको आयोजना हुने बताए। उनले महोत्सवले तामाङ जातीको पहिचान, संस्कृति, चाड तथा ऐतिहासिक परम्परा संगै धरान सुन्दर नगरीको पर्यटन, पर्यावरणलाई सम्बद्र्धन प्रवद्र्धन गर्ने जनाए। उनका अनुसार महोत्सवले पर्यटक, भित्र्याउने र आर्थिक क्रान्तिमा टेवा पुयाउने उद्धेश्य रहने बताए।


यसैगरी पत्रकार सम्मेलनमा घेदुङका सचिव ललित बहादुर जिम्बाले यस अघिका बर्षमा सोनाम ल्होछारका कार्यक्रमहरु वडा वडामा गरिएता पनि यस बर्ष बृहतरुपमा सामूहिक मनाईने बताए। उनले तामाङ जातीहरुको संस्कार र संस्कृति बारेमा तामाङ सुमदायमै जानकारी गराउन बोध गराउन पनि महोत्सवको आयोजना गरिएको बताए।


शनिवार देखी शुरु हुने महोत्सवको उद्धघाटन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गर्नुहुनेछ। उद्धघाटन अघि आदिवासी जातजातीहरुको बृहत र्यालीले धरानको बजार परिक्रममा गरिने आयोजकले जनाएको छ। महोत्सवमा विभिन्न जातीय खानाका परिकार लगायत विभिन्न स्टलहरु रहनेछन् भने रोटेपिङ, ड्रागन, मिकी माउस लगायतका खेलहरुपनि संचालन हुनेछन्।