सुनसरीमा भोलीदेखी लकडाउन खुकुलो पारिने

दिव्य रोशनी(धरान)/  सुनसरीमा जेठ ३१ गतेसम्म गरिएको लकडाउन भोली विहिवार देखी केही खुकुलो हुने भएको छ।
प्रशासनले सुनसरीमा कोरोना संक्रमितको संख्या घट्दै गएपछि भोलीदेखी केही खुकुलो बनाउने निर्णय गरेको हो। प्रशासनले खाद्यन्न पसल(डिपार्टमेन्टका ग्रोसरी कक्षा समेत) विहान १० बजेदेखी मध्यान्न ३ बजेसम्म खुल्ला रहने जनाएको छ। यसैगरी दुधडेरी तथा माछा मासु पसल स्वास्थ्य मापदण्ड अपनाई विहान १० बजसम्म बेलुकी ४ बजेदेखी ७ बजेसम्म खोल्न पाउने जनाईएको छभने शैक्षिक सत्र शुरु हुन लागेकाले स्कुलका पुस्तकहरु बिक्री वितरण गर्नु पर्ने भएकाले पुस्तक तथा स्टेशनरी पसल विहान १० बजेदेखी अराहन्न ३ बजेसम्म खोल्न पाउने जनाईएको छ।

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *