युकेबाट धरान, बराहक्षेत्र र ताप्लेजुङलाई स्वास्थ्य सामग्री सहयोग

दिव्य रोशनी(धरान)/  धरान, बराहक्षेत्र र ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिकाका लागि युकेबाट एक दम्पतिले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
धरान १८ का वडाध्यक्ष प्रवीण राई (नरेन्द्र)को पहलमा हाल युकेमा बसोबास गरिरहेका देउकुमारी राई र उनका श्रीमान गंगा लिम्बुले २७ लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । युकेबाट नेपाल आईपुगेको उक्त स्वास्थ्य सामग्री मंगलवार धरान उपमहानगरको परिषरमा प्रदान गरिएको छ । यस्तै, काठमाडौंस्थित सामाजिक संस्था बोधिसत्व विहार बुढानिलकण्ठबाट बुनु लिम्बूको संयुक्त सहयोगमा २७ लाख ६५ हजार रुपैयाँ बराबरको सामग्री आइपुगेको हो । अक्सिजन कन्सन्टे«टर, पिपिई सेट, सर्जिकल मास्क, सर्जिकल ग्लोब्स, फेससिल्ड, केएन नाइन्टी फाइभ सिल्ड, पी प्याप सेट, सी प्याप सेटसहितका स्वास्थ्य सामग्रीहरु रहेका छन् ।
वडाध्यक्ष राईका अनुसार धरान उपमहानगरपालिका, धरान १८ को वडा कार्यालय, बराहक्षेत्र नगरपालिकाको चतरास्थित प्राथमिक स्वास्थ्य केन्द्र र ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका स्वास्थ्य सामग्री पठाइएको छ । वडाध्यक्ष राईले मंगलबार धरान उपमहानगर परिषरमा नगरप्रमुख तिलक राईलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको छ ।


यस्तै, धरान उपमहानगरका प्रमुख राईले बराहक्षेत्रको प्राथमिक स्वास्थ्य केन्द्र चतराको लागि प्राप्त भएका स्वास्थ्य सामग्री सञ्चारकर्मी हिमाल राईलाई प्रदान गर्नु भएको छ । यस्तै, ताप्लेजुङ पाथीभरा याङ्वरकको नाङखोलेङ स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र ताप्लेजुङलाई अहेब मुकुन्द दाहालमार्फत् स्वास्थ्य सामग्री प्रदान गरिएको छ । धरान १८ र धरान उपमहानगरपालिकालाई समेत स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
उक्त स्वास्थ्य सामग्री वरिष्ठ पत्रकार हर्ष सुब्बा, समाजसेवी विनोद राई, प्रशासकिय अधिकृत विदुर प्रसाद खनाललगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

4,028 thoughts on “युकेबाट धरान, बराहक्षेत्र र ताप्लेजुङलाई स्वास्थ्य सामग्री सहयोग