बुधवार थप ४३४४ जनामा कोरोना संक्रमण पुष्टि, ८१ जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसीआर परिक्षणबाट ३ हजार ४ सय ४९ र एन्टिजेन परिक्षणबाट ८ सय ९५ गरी ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ५ हजार ७ सय ६८ जना डिस्चार्ज भएका छनभने ८१ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.