गोर्खा वेलफेयरद्धारा स्वास्थ्य सामग्री सहयोग

(दिव्य रोशनी)/ गोर्खा वेलफेयर ट्रष्ट नेपालले धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालनमा रहेको आईशोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
धरान १९ स्थित हरियाली सामुदायिक भवनको आवास गृह परिषरमा एक कार्यक्रमको आयोजना गर्दै गोर्खा वेलफेयर ट्रष्ट नेपालले आज (बुधबार) ९ लाख २८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई हस्तान्तरण गरेका हुन् ।
एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख अफिसर पूर्णप्रसाद लिम्बुका अनुसार आईशोलेसन सेन्टरलाई ३ थान अक्सिजन कनेक्टरका साथै पल्स अक्सिमिटर २० थान र पीपीई सेट २ सय थान सहयोग प्रदान गरिएको छ । प्रमुख अफिसर लिम्बुले आवश्यक परेको खण्डमा आईशोलेसन सेन्टरलाई थप सहयोग गर्ने प्रतिवद्धता जनाउँदै प्रदेश १ को २२ स्थानमा गोर्खा वेल्फेयरले स्वास्थ्य सामग्री सहयोग गरिएको बताउनुभयो ।
मेयर तिलक राईले स्वास्थ्य सामग्री ग्रहण गर्दै गोर्खा वेल्फेयरको प्रशंसा गर्नुभयो । मेयर राईले गोर्खा भूतपूर्व आर्मीहरुको सेवा, आश्रीत परिवार र गोर्खा भूतपूर्वहरुको बसोबास रहेको क्षेत्रमा गोर्खा वेल्फेयरले विभिन्न मानवीय सेवाहरु गरिरहेको बताउनुभयो । धरान गोर्खा भुपुहरुको अत्यन्तै बाक्लो बस्ती भएको बताउदै मेयर राईले भने, “गोर्खा वेल्फेयर ट्रष्टले विपदको बेलामा, खानेपानी, शिक्षा लगायत विभिन्न क्षेत्रहरुमा सहयोग गरिरहेको छ ।” धरान उपमहानगरपालिकालाई यसभन्दा अघि कोभिड १९ को पहिलो लहरमा पनि गोर्खा वेल्फेयरले सहयोग गरेको थियो । कोभिड १९ को दोस्रो लहरमा पनि अत्यन्तै महत्वपूर्ण स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै गोर्खा वेल्फेयर ट्रष्टलाई धन्यवाद व्यक्त गर्नुभयो । मेयर राईले डेडबढी व्यवस्थापनका लागि नेपाल आर्मी र स्काउट नेपालसँग समन्वय गरिरहेको जानकारी दिनुभयो । साथै, मेयर राईले आईशोलेसनमा बसेका संक्रमित विरामीहरुको पनि स्वास्थ्य अवस्था बुझेका थिए ।
हरियाली आईशोलेसन सेन्टरमा खटिएकी स्वास्थ्यकर्मी दिपकला राईले सेन्टरमा १२ जना कोरोना संक्रमित विरामीहरु बसिरहेको जानुकारी दिनुभयो । उहाँले भन्नुभयो, “आईशोलेसन सेन्टरमा १४ जना संक्रमित बसेका थिए । २ जना ठीक भएर डिस्चार्ज भयो । अहिले १२ जना हुनुहुन्छ । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ ।”

75 thoughts on “गोर्खा वेलफेयरद्धारा स्वास्थ्य सामग्री सहयोग

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *