१८ औ डिपो कपःएक्वा, बराह राइजिङ, दिल्ली पब्लिक र लर्ड बुद्ध स्कुल बिजयी

दिव्य रोशनी(धरान)/ १८ औ ललित अम्वर डिपो कपको तेस्रोबिन भएको खेलमा एक्वा, बराह राइजिङ, दिल्ली पब्लिक र लर्ड बुद्ध स्कुल विजयी भएको छ ।
आइतबार भएको पहिलो खेलमा एक्वाले माउन्ट हर्मनलाइ २-१, बराह राइजिङ्ले प्रभात स्कुललाइ २-१, दिल्ली पब्लिकले बिष्णु स्कुललाइ ३-० र लर्ड बुद्धले समिट स्कुललाइ ५-० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रबेश गरेको छ । पहिलो खेलमा एक्वा स्कुलका एलिस राई र रिदम श्रेष्ठले र माउन्ट हर्मनका नवदिप राइले १ गोल गरे । दोस्रो खेलमा बराह राइजिङका सुबोध कटुवाल र शिशिर कार्किले १/१ गोल गरे भने प्रभात स्कुलका आशिष् राइले गोल गरे ।
यसै गरि तेस्रो खेलमा दिल्ली पब्लिकका आरव श्रेष्ठ, रोहन लिम्बू र सार्थक खवासले १/१ गोल गरे । तेस्रो खेलमा लर्ड बुद्धका प्रज्वल श्रेष्ठले दुई गोल र सुसान्त भुजेल, स्वास्तिक कटुवाल र बिवन चौधरीले १/१ गोल गरे ।


आइतबार भएको खेलमा माउन्ट हर्मनका नवदिप राई, प्रभात स्कुलका दिसन बराइली, बिष्नु मेमोरियलका सोबित लिम्बू र समिट स्कुलका हर्षित जैन म्यान अफ द म्याच घोषित भए । उनिहरुलाइ डिपो आदर्श बहुमुखी क्याम्पसका व्यवस्थापन समिती सदस्य सुर्य पन्धाक लिम्बुले ट्रफी र प्रमाणपत्र प्रदान गरे ।
भोलि सोमवारको पहिलो क्वाटर फाइनल खेल हिमशिखर तरहरा र नेपाल पुलिस र दोस्रो क्वाटर फाइनल खेल देउराली चिल्ड्रेन र मेरिल्याण्ड स्कुल बिच हुनेछ ।

One thought on “१८ औ डिपो कपःएक्वा, बराह राइजिङ, दिल्ली पब्लिक र लर्ड बुद्ध स्कुल बिजयी

टिप्पणीहरू are closed.