नेपाल मगर बौद्ध सेवा समाजद्धारा पाँचदिने धर्मदेशना तथा प्रवचन शुरु

दिव्य रोशनी (धरान)/ नेपाल मगर बौद्ध सेवा समाज नगर समिति धरानले २५६७ औं बुद्ध पूर्णिमाको अवसरमा पाँचदिने धर्मदेशना तथा प्रवचनको शुरुवात गरेको छ।
सोमवार धरान १६ स्थित नेपाल मगर संघ सुनसरीको सभाहलमा आयोजित कार्यक्रममा भिक्षु मेधांकर भन्ते र उदय सेन भन्तेद्वारा पाँचदिने बुद्ध प्रवचन धर्मदेशना कार्यक्रम शुभराम्भ गरिएको हो। पाँचदिने कार्यक्रम अन्तर्गत बुद्धपुजा, धर्मदेशना, प्रवचन, अपाङ, असाहयहरुलाई सहयोग वितरण तथा बुद्ध पूर्णिमाका दिन नगरपरिक्रमा, प्रसाद वितरणका कार्यक्रमहरु हुनेछन्।
मंगलबारदेखि २२ गतेसम्म त्रिरत्न बुद्ध विहारका भिक्षु गुरुमाहरुद्वारा बुद्ध पुजा, धर्मदेशनाका कार्यक्रमहरु हुने नेपाल मगर बौद्ध सेवा समाजका सचिव मुना राना मगरले बताईन्।
बुद्ध जयन्तीका अवसरमा हरेकवर्ष धरानमा शान्ति पत्रयात्राको कार्यक्रम समेत हँुदैआएको छ। जसमा हरेकवर्ष शान्ति पदयात्राको नेतृत्व विभिन्न गुम्बा र विहारहरुले क्रमशः पालैपालो गर्दै आएका छन्। जसमा ४ वटा बौद्ध गुम्बा, २ वटा बुद्ध विहार र नेपाल मगर बौद्ध सेवा समाज रहेका छन्। यसवर्षको २५६७ औं बुद्ध पूर्णिमाका अवसरमा हुने शान्ति पदयात्राको नेतृत्व नेपाल मगर बौद्ध सेवा समाजले गर्ने भएको सचिव मुना राना मगरले बताईन्। बैशाख २२ गते बुद्धपूर्णिमाका दिन धरान ८ बुद्ध विहारबाट शुरु हुने संयुक्त नगर परिक्रमा कार्यक्रम आचार्यलाईन, पुतलीलाईन, भानुचोक, पुरानो बजार, सिंहदेवी चौक, छाताचोक, महेन्द्रपथ हुँदै भानुचोकमा आई समापन हुने भएको छ।

2 thoughts on “नेपाल मगर बौद्ध सेवा समाजद्धारा पाँचदिने धर्मदेशना तथा प्रवचन शुरु

टिप्पणीहरू are closed.