करेन्ट लागेर मृत्यु

मोहन कुमार राई(संखुवासभा)/
संखुवासभा, चैनपुर नगरपालिका वडा नं. ९ स्थित त्रिशुलेमा करेन्ट लाग्दा एकको मृत्यु भएको छ ।
आफ्नै घरमा राखेको मिनी राइस मिलमा करेन्ट लाग्दा वर्ष २९ को शिव कुमार भण्डारीको मृत्यु भएको हो । मकै पिसने क्रममा सोमवार दिउसो ३ः४० बजे करेन्ट लागेर चैनपुर प्राथमिक स्वास्थ्य केन्द्र तर्फ लैजादै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक मिलन वस्नेतले जानकारी दिनुएको छ ।

5 thoughts on “करेन्ट लागेर मृत्यु

टिप्पणीहरू are closed.