सन्तोष थेवेको “स्मृतिको पुरानो दह” धरानमा विमोचन

दिव्य रोशनी(धरान)/ कवि सन्तोष थेवेको कविता कृति “स्मृतिको पुरानो दह” धरानमा विमोचन गरिएको छ।
शनिवार धरानमा आयोजित एक कार्यक्रममा कवि तथा साहित्यकार बम देवान, कुन्ता शर्मा, मनु मंजिल लगायतले कविता कृतिको विमोचन गरेका थिए।
कृतिमाथि परिचर्चा गर्दै कवि तथा साहित्यकार मनु मंजिलले लेखक सन्तोष थेवे छोटो कविताका लागी मास्ट आर्टिस भएको बताए। उनले छोटो कवितामा गहिरो भाव दिन नसके पनि थेवेले छोटो कवितामा पनि भाव दिन सकेको बताए।


यसैगरी कार्यक्रममा प्रमुख अतिथी कवि तथा साहित्यकार बम देवानले कवि थेवेको कृतिले धरानको साहित्यमा एउटा ईटा थपेको बताएका थिए। कार्यक्रममा कृतिका लेखक सन्तोष थेवेको विमोचित कविता कृति “स्मृतिको पुरानो दह” का कविताहरु विभिन्न कविहरुले वाचन गरेका थिए।
कलरव धरानको आयोजनामा भएको सो कार्यक्रम कवि तथा साहित्यकार कुन्ता शर्माको सभापतित्वमा सम्पन्न भएको थियो।