सुनसरी महिला बास्केटवल प्रदेश १ च्याम्पियन

दिव्य रोशनी (धरान)/प्रदेश १ महिला बास्केटवल खेलाडी छनौट प्रतियोगितामा सुनसरी जिल्ला महिला बास्केटवल टिम प्रदेश १ च्याम्पियन बनेको छ।
धरान १६ स्थित धरान कर्भडहलमा बिहिवारदेखि सुरु भएको छनौट प्रतियोगितामा सुनसरीले मोरङलाई ३८–६ र झापालाई ४५–१० अंकको अन्तरले दुवै टिमलाई पराजित गर्दै प्रदेश १ च्याम्पियन बल्ल सफल भएको हो । यसैगरी धरानसंँग पराजित झापाले मोरङलाई २७–५ अंकले पराजित गर्दै दोस्रो र दुवै खेल पराजित भएका मोरङ तेस्रो भएका छन ।
प्रतियोगिताको पहिलो खेलमा सुनसरीले मोरङलाई प्रत्येक क्वाटरमा १०–०, १०–०, १०–२ र ८–४ अंकको अन्तरले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा सुनसरीले झापालाई १८–२, १४–४, ७–२ र ६–२ अंकको अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा झापाले मोरङलाई ४–०, ४–०, ९–३ र १०–२ अंकले पराजित गरे । प्रतियोगिताका बिजेता तथा उपबिजेताहरुलाई नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई, सुनसरी र झापा बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि र प्रकाश लिङ्गदेन लगायतले मेडल र प्रमाणपत्र वितरण गरेका थिए। यस छनौट प्रतियोगिताबाट प्रदेश १ बास्केटवल टिम छनौट गरिने छ ।
छनौट भएका खेलाडीहरुले यहि असोज २८ गतेदेखि पोखरामा हुने ९ औं राष्ट्रिय प्रतियोगितामा प्रतिनिधीत्व गर्ने कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले जानकारी गराए । यस छनौट प्रतियोगिताबाट फुल कोर्टका लागि १२ जना खेलाडी र थ्री वाइ थ्रीका लागि ४ जना खेलाडी छनौट गरिनेछ ।
कार्यक्रमको उद्घाटनमा खेल सुरु हुनु अघि नेपाल बास्केटवल संघका पुर्व अध्यक्ष दिवंगत लामा टेन्डि शेर्पाप्रति एक मिनट मौनधारण गरि श्रद्धान्जली अर्पण गरिएको थियो । कार्यक्रममा सचेत धराने समुहका अध्यक्ष निरज लिम्बु, प्रदेश १ खेलकुद विकास बोर्ड सदस्य रोशनी राई, पुर्व पुर्वाञ्चल बडिबिल्डिङ्ग च्याम्पियन हर्कराज लिम्बु, धरान गल्फ क्लब उपाध्यक्ष जितेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।

5 thoughts on “सुनसरी महिला बास्केटवल प्रदेश १ च्याम्पियन

टिप्पणीहरू are closed.