युथ फुटसल प्रतियोगिताको उपाधि बिग फुटसललाई

दिव्य रोशनी (धरान)/धरानमा बुधबार पहिलो युथ फुटसल प्रतियोगिता सम्पन्न भएको छ । धरान फुटसलमा मंगलबारबाट सुरू भएको प्रतियोगितामा बिगफुट एफसीले एफएफसीलाई ५–३ गोलअन्तरले पराजित गर्दै विजयी बनेको हो।
बिजेता टिमले नगद ५० हजार र उपबिजेता टिमले नगद २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । यस्तै, व्यक्तिगत पुरस्कारमा हाई स्कोरर एफएफसीका सुदिप गुरूङ, उत्कृष्ट प्लेयर बिगफुटसलका विष्णु राई, उत्कृष्ट गोलकिपर बिग फुटसलका दिनेश चौधरी र म्यान अफ द म्याच एफएफसीका सुशान्त राई घोषित भए। उनीहरूले जनही १–१ हजार नगद र प्रमाणपत्र प्राप्त गरे । यसैगरी, उत्कृष्ट कोच जुदास राई र उत्कृष्ट म्यानेजर पाब्लो थापा घोषित भई प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा सुनसरी भरीका २८ फुटसल टिम सहभागी रहेको आयोजक प्रशान राईले बताएका थिए । कार्यक्रममा धरानका निर्वतमान मेयर तिलक राई प्रमुख अतिथी रहेका थिए । यस्तै, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि चाम्लिङ, धरान १८ का वडाध्यक्ष प्रविण राई, नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकाश चाम्लिङ राई लगायतको उपस्थिती रहेको थियो ।

15 thoughts on “युथ फुटसल प्रतियोगिताको उपाधि बिग फुटसललाई

टिप्पणीहरू are closed.