१७ औ ललित अम्वर डिपो कपः
इस्टर्न एकेडेमि र नेपाल पुलिस फाइनलमा
प्लेट च्याम्पियनमा एक्वा र वराह राइजिङ्ग भिड्ने

दिव्य रोशनी(धरान)/ १७ औ ललित अम्वर डिपो कप प्रतियोगितामा इस्र्टन एकेडेमि र नेपाल पुलिस उपाधिका लागि फाइनलमा भिड्ने भएका छन्।
वुधवार भएको सेमिफाइनल खेलमा इस्टर्नले धरान लिगामेन्टलाई टाइव्रेकरमा ४–३ र नेपाल पुलिसले हिमशिखर तरहरालाई ४–० गोलको अन्तरले पराजित गर्दै फाइनलमा भेट पक्का गरेका हुन । इस्र्टन एकेडेमि र धरान लिगामेन्ट विच भएको खेलमा निर्धारित समयमा दुवै तर्फ गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।
सोहि दिन भएको लेट दिलवहादुर प्लेट च्याम्पियन तर्फको सेमिफाइनल खेलमा विजयी हुँदै एक्वा स्कुल र वराह राइजिङ्ग चतरा उपाधिका लागि फाइनलमा प्रतिश्पर्धा गर्ने भएका छन्। वुधवार भएको प्लेट च्याम्पियन तर्फको सेमिफाइनल खेलमा एक्वा स्कुलले हिविसकस स्कुललाई ३–० र वराहले दिल्लि पव्लिकलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन्।
डिपो कप तर्फको बुधवार भएको सेमिफाइनल खेलमा धरान लिगामेन्टका हाङगेन लिम्वु र हिमशिखरका प्रमिस मगर म्यान अफ द म्याच घोषित भए। उनिहरुले ट्रफि र प्रमाणपत्र प्राप्त गरे।

13 thoughts on “१७ औ ललित अम्वर डिपो कपः<br>इस्टर्न एकेडेमि र नेपाल पुलिस फाइनलमा<br>प्लेट च्याम्पियनमा एक्वा र वराह राइजिङ्ग भिड्ने

टिप्पणीहरू are closed.