१७ औ ललित अम्वर डिपो कपः
धरान लिगामेन्टलाई तेस्रो उपाधि
एक्वा स्कुल प्लेट च्याम्पियन

दिव्य रोशनी(धरान)/ १७ औं ललित अम्वर डिपो कप प्रतियोगिताको तेस्रो उपाधिको लागि विहिवार भएको खेलमा धरान लिगामेन्टले जित निकालेको छ ।
लिगामेन्टले हिमशिखर तरहरालाई सडनडेथमा ४–३ गोल अन्तरले पराजित गर्दैै तेस्रो स्थान हासिल गरेको हो। निर्धारित समयमा दुवै तर्फ एक÷एक गोल मात्र हुन सकेपछि खेल टाइव्रेकमा धकेलिएको थियो । टाइव्रेकरमा समेत वरावर गोल भएपछि सडनडेथको आधारमा जित निश्चित गरिएको थियो । विजेतालाई शुक्रवार समापन कार्यक्रममा पुरस्कार वितरण गरिने भएको छ । खेलमा हिमशिखर तरहराका आशिष भट्टराई म्यान अफ द म्याच घोषित भए। उनले ट्रफि र प्रमाणपत्र प्राप्त गरे।
यसैगरी सोहि दिन भएको लेट दिलवहादुर प्लेट च्याम्पियनका लागि भएको फाइनल खेलमा एक्वा स्कुलले जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका छन् । फाइनल खेलमा वराहलाई १–०को जित निकाल्दै उपाधि माथि एक्वाले कव्जा जमाएको हो । खेलमा एक्वाका ससिम राईले गोल गरेका थिए । प्लेटका विजेता तथा उपविजेतालाई शुक्रवार फाइनल खेल पछि पुरस्कार वितरण गरिने भएको छ ।
१७ आंै डिपो कपको उपाधिकको लागि शुक्रवार हुने फाइनल खेल पुलिस स्कुल र इस्र्टन एकेडेमि बिच हुने आएको जक डिपो माविले जनाएको छ।

8 thoughts on “१७ औ ललित अम्वर डिपो कपः<br>धरान लिगामेन्टलाई तेस्रो उपाधि<br>एक्वा स्कुल प्लेट च्याम्पियन

टिप्पणीहरू are closed.