डिपो कपको उपाधि पुलिस स्कुललाई

दिव्य रोशनी (धरान)/ १७ औं ललित अम्वर डिपो कप प्रतियोगिताको उपाधि पुलिस स्कुलले जितेको छ।
शुक्रवार भएको फाइनल खेलमा पुलिस स्कुलले इस्र्टन एकेडेमिलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन्। उपाधिका लागि दुवै गोल पुलिसका दिव्याङ्गसु विकले गरेका थिए।
विजेता पुलिस स्कुलले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दोस्रो उपाधि विजेता इस्र्टनले नगद ५ हजार तेस्रो उपाधि विजेता धरान लिगामेन्टले नगद ३ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
यसैगरि फाइनल खेलको म्यान अफ द म्याच इस्र्टन स्कुलका आयुष चाम्लिङ घोषित भए। प्रतियोगिताको उत्कृष्ट खेलाडि पुलिस स्कुलका यारिन भुजेल, उच्च गोलकर्ता दिव्याङ्गसु विक, वेस्ट डिफेन्स इसर्टनका अविनास राउत र उत्कृष्ट गोलकिपर पुलिसका आदित्य राई घोषित भए । उनिहरुले ट्रफि र प्रमाणपत्र प्राप्त गरे।
उनिहरुलाई समापन कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्वरवहादुर लिम्वु, विशेष अतिथि लेफ्टिनेन्ट भिमराज लिम्वु, प्रतियोगिता संयोजक एएसपि विरेन्द्र विक्रम लिम्वु, अग्रज पत्रकार एवं युवा नेता भिमज्वाला राई लगायतले पुरस्कार वितरण गरेका थिए ।
लेट दिलवहादुर प्लेट च्याम्पियनका विजेता एक्वा स्कुल र उपविजेता वराह राइजिङ्ग स्कुलका खेलाडिहरुलाई समापन कार्यक्रम कै दिन पुरस्कार वितरण गरिएको थियो। प्लेट च्याम्पियनका विजेता एक्वा स्कुलले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । यसैगरि उपविजेता वराह राइजिङ्गले नगद २ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे।
धरान उपमहानगरपालिकाका प्रमुख मेयर हर्क साम्पाङ समापन कार्यक्रमका प्रमुख अतिथि रहेका थिए।