भिन्टेजमा मन्त्र ब्याण्डले प्रस्तुति दिने
दिव्य रोशनी (धरान)/ आइतबार धरान १५ बगरकोट स्थित भिन्टेज क्याफे लाउन्ज एण्ड बारमा मन्त्र ब्यान्डको प्रस्तुती रहने भएको छ।
नजिकिँदै गरेको नेपालीहरूको महान चाँड बडादशैंलाई अझ उल्लासमय बनाउन भिन्टेजले दार्जिलिङका रक ब्यान्ड मन्त्रको प्रस्तुती राख्न लागेको आयोजकले जनाएको छ। मन्त्र ब्यान्डले यसअघि धरानमा धेरैपटक प्रस्तुती दिईसकेको छ। यसपटक मन्त्रले आफ्ना नयाँ गीतहरूका साथ धराने क्राउड माझ करीब २ घण्टा निरन्तर प्रस्तुती दिने आयोजकले जनाएको छ। ब्यान्डको “सँधै सँधै….., “वीर गोर्खाली, हिमाली नेपाली, संस्कृती, एकान्तमा….” लगायतको गीत चर्चित रहेको छ।
अघिभने मन्त्रको प्रस्तुती धरानको द ब्यान्ड एफ ३ को प्रस्तुती रहने आयोजकले बताए । साँझ ६ बजेबाट सुरू हुने लाइभ कार्यक्रमको लागि गेट टिकट १ हजार तोकिएको छ । प्रि–सेल टिकटको मुल्यभने ५ सय र ७ सय ५० रहेको छ ।
कार्यक्रमको मुख्य प्रायोजक टुबोर्ग बियर रहेको छ । यस्तै, सह–प्रायोजकमा डिभाइन वाइन, रेड ब्लु इनर्जी ड्रिङ्क, गुर्खाज एण्ड गन्स, सेतो बाघ भोड्का रहेको आयोजकले बताएको छ। कार्यक्रमलाई धरान फिट्नेस क्लब, क्रन्च फिट्नेस, किमची धरान, याला बिएस क्याफे एण्ड रेस्टो, भेटघाट थकाली र बेस क्याम्प भेडेटार काम्फेकले सहयोग गरेको आयोजकले जनाकारी गराएको छ।

Pingback: bergara 7mm
Pingback: cloned credit cards for sale
Pingback: fryd cart