गायिका दिपा तामाङलाई धरानमा सम्मान

दिव्य रोशनी(धरान)/ चर्चित गायिका दिपा लामा ल्हो तामाङ धरानमा सम्मानित भएकी छिन्।
आज बुधवार धरानमा एक कार्यक्रमका बीच गायिका तामाङलाई नेपाल तामाङ महिला धेदुङ धरान नगर समिती र रंगभूमि एकेडेमीले सम्मान गरेको हो। कार्यक्रममा नेपाल तामाङ महिला धेदुङ नगर समितीका पूर्व अध्यक्ष प्रतिमा पाख्रीनले तामाङ समुदायका चेली गायिका दिपाले नेपाली सांगितीक जगतको पाश्र्व गायनमा क्षेत्रमा विगत एक दशकदेखी अनवरत रुपले यसक्षेत्रको विकास र श्रीवृद्धि गर्दै तामाङ समुदायको गौरव र गरिमालाई उचाईमा पुर्याएकोले सम्मान गरेको बताईन्।


कार्यक्रममा सम्मानित भएकी गायिका दिपाले संघले आफुलाई सम्मान गरेकोमा आयोजक संस्थाहरुलाई धन्यवाद ज्ञापन गरिन्। उनले आगामी दिनहरुमा पनि तामाङ समुदायको गरिमालाई अझ बढाउने आफुमा विश्वास जागेको समेत बताईन्। उनले विर विक्रम चलचित्रको हिट गित “ तिम्रो मिठो…मत हारे, हारे..” गित समेत गुनगुनाएकी थिईन्।
रंगभूमिका संस्थापक राज पाख्रीनको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा २० नं वडाका वडा सदस्य कर्ण योञ्जन, धरान संखुवासभा सरोकार समाजका अध्यक्ष मिङ्मा भोटे, युवा व्यावसायी सम्फर तामाङ, वाईसिएलका धरान नगर अध्यक्ष विजय लामा, साहित्यकार तथा कवि ईन्दु नेपाल योञ्जन लगायतले गायिका दिपा तामाङको उन्नती र प्रगतीको कामना गरेका थिए। सो कार्यक्रम रंगभूमिका डाईरेक्टर विष्णु मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो।

One thought on “गायिका दिपा तामाङलाई धरानमा सम्मान

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *