विहिवार थप १५२ जनामा कोरोना संक्रमण पुष्टिः १ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा विहिवार थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ५२ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६५ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ८ सय ५१ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार ३१ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

टिप्पणी छोड्नुहोस्

Your email address will not be published.