बुढासुब्बा टुबोर्ग गोल्डकपको शुरुः उद्धघाटन खेलमै धरान बाहिरियो
दिव्य रोशनी(धरान)/ २३ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको पहिलो खेलबाटै धरान बाहिरिएको छ।
शनिवार धरान १६ स्थित रंगशालामा भएको उद्धघाटन खेलमा धरान युनाइटेड खार्साङ फुटबल क्लबसँग टाइब्रेकरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा खार्साङका लागी आकाश प्रधान, सुब्रतो सोरेन, सिद्धान्त क्षेत्री, साहिल साही र क्याप्टेन राज राउतले गोल गरे । यसैगरी धरानकालागी दोर्जे शेर्पा, मदन लाबुङ र रोमन लिम्बूले गोल गरेभनेधरानका रिवस मास्केको प्रहार खार्साङका गोल किपर मनोज प्रधानले रोकेका थिए।

खेलको म्यान अफ द म्याच खार्साङका गोल किपर मनोज प्रधान घोषित भए। उनलाई नगद ३५ हजार पुरस्कार प्रदान गरिएको थियो । उद्घाटन खेलको म्यान अफ द म्याचलाई द ब्याण्ड अफ ब्रिगेड गोर्खाले २५ हजार रुपैया पुरस्कार दिएको थियो भने धरान फुटबल क्लबले नगद १० हजार प्रदान गरेको थियो।
म्याच कन्फ्रेन्समा धरानका प्रशिक्षक सागर घिमिरेले धरानले पाएको अवसरलाई गोल गर्न नसक्दा हार बेहोर्नु परेको बताए। त्यस्तै खार्साङका प्रशिक्षक उर्गेन लामाले खेलको निर्णय पेनाल्टीमा पुग्नु नै टिमका लागी फाईदा रहेको बताए।
भोली आईतवारको खेल अफ्रिकन क्लब एभिनियर एफसि र बागमती युवा क्लब बीच हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा विजेताले १० लाख सहित शिल्ड, उपविजेताले ५ लाख, उत्कृष्ट खेलाडीले १ लाख, प्रत्येक खेलको म्यानअफ दि म्याचले १० हजार, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्टर, उत्कृष्ट स्ट्राईकर, र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछन्भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए।
Pingback: Order Peruvian Cocaine Online