२४ औं गोधुली फुटबल रनिङ कप शुरुः उद्धघाटन खेलमा धरान ५ विजयी(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ २४ औं गोधुली फुटबल रनिङ कप प्रतियोगिता शनिवार देखी धरानमा शुरु भएको छ।
धरान रंगशालामा शनिवार भएको उद्धघाटन खेलमा धरान ५ ले धरान ७ लाई ४–० गोल अन्तरले पराजित गर्दै पहिलो जित हात पारेको छ। खेलमा धरान ५ का आनचोहाङ लिम्बुले पहिलो हाफको १२ र ३८ औं मिनेटमा गोल गरेका थिएभने मिजास आङबुहाङ र मन्दिप राईले दोस्रो हाफको ३३ र ७७ औं मिनेटमा १/१ गोल गरेका थिए। प्रतियोगिताभरी राम्रा अवसरहरु पाएपनि गोल गर्न नसक्दा धरान ७ ले हार व्योहर्नु पर्यो। खेलको म्यानअफ दि म्याच धरान ५ का आनचोहाङ लिम्बु घोषित भए। उनले नगद १५ सय सहित मेडल प्राप्त गरे। उनलाई कार्यक्रमका अतिथी नेपाली कांगे्रस क्षेत्रिय सभापति सुजेन्द्र गोले तामाङले प्रदान गरेका थिए। भोली आईतवारको खेल धरान १० र १२ नं वडाका बिच हुने आयोजक गोधुली क्लवका उपाध्यक्ष सतिश केसीले जानकारी दिए।
प्रतियोगिताको उद्धघाटन खेलमा धरान उपमहानगरपालिकाका प्रवक्ता तथा धरान १७ नं वडाका वडाअध्यक्ष सुर्य भट्टराई(मनोज) प्रमुख अतिथी रहेका थिएभने विशेष अतिथी कोशी प्रदेश फुटबल संघका अध्यक्ष तथा एन्फाका केन्द्रिय मानार्थ उपाध्यक्ष किशोर राई रहेका थिए।


माघ २७ गतेसम्म संचालन हुने प्रतियोगितामा धरानका १८ वटा वडाको मात्र सहभागिता रहेको छ। गतवर्ष धरान १५ नं वडा प्रोटेष्टमा परेकाले कारवाही स्वरुप यसपटक प्रतियोगितामा समावेश हुनपाउने छैनभने धरान २ नं वडाले पनि सहभागिता जनाएको छैन। प्रतियोगितामा बिजेताले नगद १ लाख ५० हजार रुपैयासहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्भने उपबिजेताले नगद ७५ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन। पुरस्कार राशिमा धरान १८ का वडाध्क्ष प्रबिण राईका पिता ध्यान बहादुर राईले बिजेता र उपबिजेतालाई थप २५÷२५ हजार प्रदान गर्ने क्लबले जनाएको छ। यस्तै बिधागत पुरस्कार तर्फ बेस्ट प्लेयरले नगद १५ हजार, हाइस्कोरले ७ हजार ५ सय प्राप्त गर्नेछन्भने बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट स्टाइकर, राइजिङ प्लेयर, बेस्ट मिडफिल्डर र म्यान अफ दि म्याचले जनही ५ हजार ५ सय प्राप्त गर्ने आयोजक गोधुली क्लवले जनाएको छ।