गृह श्रमिक महिलाको सिलाई कटाई तालिम शुरुः उद्धघोषणकला सम्पन्न

दिव्य रोशनी(धरान)/ गृह श्रमिक महिला ढाका लघु उद्यमी समाज नेपालको आयोजनामा मौलिक परम्परागत पोशाक सिलाई कटाई तालिमको उद्धघाटन गरिएको छ।
आईतवार देखी शुरु भएको तिनमहिने तालिमको उद्धघाटन धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघाले गरेका छन्। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उपमेयर बेघाले स्वरोजगार बन्दै रोजगार मुखी बन्ने सिलाई कटाई तालिम राम्रो भएको बताए। उनले सिप सिकेर आय आर्जन हुने भएकाले देशको आर्थिक उन्नतीमा पनि यस्ता तालिमहरु सघाउ पुर्याउने समेत बताए। उनले भने “सिप सिकेर समाजमा केही योगदान गर्नुस्, यसबाट केही आयआर्जन गर्नुस् , दौरा सुरुवाल र चौबन्धी चोला मात्र नभई विभिन्न जातीय पोसाकहरु तयार पार्ने सिक्नुस्।”
सोहीक्रममा उपमेयर बेघाले सबैले सर्ट पाईन्ट सिलाएपनि साँस्कृति पोशाकहरु कमैले मात्र सिलाउने भएकाले अहिले पहिचानको माग भईरहेको बेला बजारमा यस्ता जातिय पोशाकको माग बढ्दै गएको बताए।


यसैगरी संस्थाका अध्यक्ष प्रेम कुमारी राईले तिन महिने तालिममा १० जना दिदी बहिनीहरु सहभागी भएको बताईन्। उनिले तिन महिने तालिमका लागी टेवा संस्था काठमाण्डौले सहयोग गरेको समेत बताईन्।
उद्धघोषण तथा लोखा व्यावस्थापन तालिम
यसैगरी संस्थाले आईतवार तिनदिने आधारभूत उद्धघोषण तथा लेखा व्यावस्थापन तालिमको समापन गरेको छ।
जेठ १८ गतेदेखी शुरु भएको तिनदिने तालिमको आईतार समापन गरिएको हो। तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो। तालिम समापनमा धरान १५ नं वडाका वडाअध्यक्ष नरेश ईवारम प्रमुख अतिथी रहेका थिए। उनले उद्धघोषण तालिमले सभ्य र सचेत भएर बोल्न सिकाउने बताउदै यसले प्रशिक्षार्थीहरुमा क्षमता विकास हुने समेत बताए।
सो तिनदिने तालिमलाई निशानदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक लोकराज निरौला र महेन्द्र दत्त कायस्थले सहजीकरण गरेका थिए। टेवा संस्था काठमाण्डौको सहयोगमा संचालित तालिम गृह श्रमिक महिला ढाका लघु उद्यमी समाज नेपालका अध्यक्ष प्रेम कुमारी राईको सभापतित्वमा सम्पन्न भएको थियो।