एलाइनेटको २०अ‍ैं प्रस्तुतिःचौथो मि. कोशीको तयारी पुरा(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ एलाइनेट जिमको आयोजनामा चैत्र ३ र ४ गते हुन लागेको चौथो मिस्टर कोशी खुल्ला शारिरिक सुगठन प्रतियोगिताको तयारी पुरा भएको छ ।
प्रतियोगितामा साविकको कोशि अञ्चलका जिल्लाहरुवाट करिव ५० जना खेलाडिहरुले सहभागिता जनाउने आयोजकले वुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ । प्रतियोगिताका विजेताले नगद एक लाख १० हजार र ५० हजार वरावरको फिटनेस गिफ्ट हया्म्पर, दोस्रोले नगद ५० हजार, तेस्रोले ४० हजार, चौथोले ३० हजार, पाँचौले २० हजार र छैठांैले १५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि व्यक्तिगत विद्या तर्फ वेस्ट पोजर, मोस्ट इम्पु्रभमेन्ट वडि, मस्कुलर मेन र वेस्ट टिम क्लवको उपाधि विजेताले जनहि नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चैत्र ३ गते प्रतियोगिताको प्रि–जजिङ्ग राउण्ड हुने र ४ गते प्रि–जजिङ्ग वाट छनौट भएकाहरुले प्रतिश्पर्धा गर्ने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वुले जानकारी गराए । प्रतियोगितामा ५५ केजि, ६० केजि, ६५ केजि, ७० केजि, ७५ केजि र ८० केजि तौल समुह रहेको छ । प्रि–जजिङ्ग मार्फत प्रत्येक तौल समुह वाट ६ जना खेलाडि फाइनल राउण्डमा प्रवेश गर्दै प्रतिश्पर्धा गर्नेछ।


चौथो मि. कोशि एलाइनेट जिमको २० औ प्रस्तुति हो । यस अघि एलाइनेटले चार वटा राष्ट्रिय, ७ वटा मि. पूर्वाञ्चल, ३ वटा मि. कोशि, ४ वटा मि. धरान र १ वेन्चप्रेस च्याम्पियशिप आयोजना गरिसकेको छ । एलाइनेट जिमको आयोजनामा २०६५, २०६६ र २०६७ सालमा मि. कोशिको आयोजना भइसकेको छ। ०६५ र ०६६ मा उर्लावारिको विकास धिमाल र ०६७ मा धरानको मिलन चाम्लिङले उपाधि जितेका थिए । प्रतियोगिता धरान १३ स्थित अमर सेवा समाजको हलमा हुने भएको छ ।

7 thoughts on “एलाइनेटको २०अ‍ैं प्रस्तुतिःचौथो मि. कोशीको तयारी पुरा(भिडियो सहित)

टिप्पणीहरू are closed.