पत्रकार महिलाहरुलाई मल्टिमिडिया तालिम (भिडियो सहित)
दिव्य रोशनी(धरान)/ पत्रकार महिलाहरुको क्षमता विकासको लागि आयोजित तीन दिने मल्टिमिडिया तालिमको आज समापन गरिएको छ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश महिला विभागद्वारा धनकुटाको साँगुरीगढी गाउँपालिका थुम्कीस्थित भिलेज रिसोर्टमा फागुन २८ देखी ३० गतेसम्म संचालन भएको तिनदिने तालिम मंगलवार सम्पन्न भएको हो।
तालिम समापनको अवसरमा पत्रकार महासंघ कोशी प्रदेश महिला उपाध्यक्ष हिमा चेम्जोङले पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिका लागी गरिएको तालिम बालुवामा खन्याएको पानी सरह हुन नदिन आग्रह गरिन्। उनले तालिममा सिकेका कुराहरुलाई आफ्नो मिडियाका क्षेत्रबाट प्रस्तुत गरिनुपर्ने समेत बताईन्।

यसैगरी महासंघका सचिव तथा तालिमका संयोजक देवेन्द्र कार्कीले पछिल्लो समय भिडियो, अडियो र फोटोलाई समायोजन गरि गरिने मल्टिमिडिया तालिम पत्रकार महिलाहरुको लागी अति आवश्यक भएकाले प्रदेश सरकारको सहयोगमा तालिमको आयोजना गरिएको जानकारी दिए।
तालिममा सहभागीहरुको तर्फबाट जोसना श्रेष्ठ र राधा लुईटेलले अहिलेको युगमा मल्टिमिडीया तालिम पत्रकार महिलाहरुको लागी अपरिहार्य बन्दै गएकोले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा पनि लागुगर्ने बताएका थिए।

पत्रकार महिलाहरुलाई प्रविधीमैत्री बनाउने उद्देश्यले आयोजित यस तालिममा मल्टिमिडीया प्रशिक्षक रजनीश भन्डारी र उज्जवलद्वीप शाक्यले सहजीकरण गरेका थिए। आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको सहयोगमा आयोजित यस तालिममा कोशी प्रदेशका ३० जना पत्रकार महिलाहरुको सहभागिता रहेको थियो।

Pingback: 7slots
Pingback: Elephant Sanctuary Chiang Mai
Pingback: EZSlot แหล่งรวมเกมสล็อตออนไลน์