घरघरमा खाद्यान्न देखी अक्सिजनसम्म वितरण गर्दै होप धरान
मनिता चाम्लिङ(धरान)/
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको दोस्रो लहरले देश नै अस्तव्यस्त बनेको छ। देश नै ठप्प स्थितिमा रहेको छ। यातायात, विद्यालय, कलकारखानाहरु समेत बन्द अवस्थामा रहेका छन्। दैनिक ज्यालादारी गरिखाने मजदुरहरुलाई यतिबेला बिहान–बेलुकीको छाक टार्न गाह्रो भएको छ।
तीनै समस्यामा परेका मानवहरुका निम्ति निःस्वार्थ रुपमा सेवा गर्ने उद्धेश्यले विगत ३ वर्षअघि स्थापना भएको संस्था हो होप धरान। कोरोना कहरको दोस्रो लहर शुरु भए लगत्तै यतिबेला होप धरान दुःख र पीडामा परेका अति विपन्न परिवारहरुका निम्ति अहोरात्र खट्दै उनीहरुको दुःखको सारथी समेत बन्दै आएको छ।
होप धरानले अति विपन्न परिवारहरुको जीवन सहजताका निम्ति राहत स्वरुप घरघरमा खाद्यान्न वितरण गर्दै आएको छभने समस्यामा परेका कोरोना संक्रमित परिवारलाई निःशुल्क रुपमा घरघरमा पुगी अक्सिजन समेत पुर्याई बिरामीहरुको पीडामा नयाँ जीवन दिन लागि पर्दे आएको छ।
त्यसो त होप धरानका अध्यक्ष निश्चलमोहन पलिखेको नाम शायदै कसैलाई विरलै नौलो लाग्न सक्छ। तर उनी यस्तो योद्धा हुन् कि यस्तो महामारीमा समेत आफ्नो दिलोज्यान दिई आफ्ना पदाधिकारीहरुको साथमा मानवीय सेवामा समर्पित हुँदै आएका छन्। यस्तो लाग्छ उनलाई देख्ने जो कोहीले पनि उनलाई कहिल्यै नथाक्ने कर्मवीर योद्धाको रुपमा लिन सक्छन्।
कोरोना कहरको पहिलो लहरमा समेत अग्रपंक्तिमा रही स्थानीय सरकारसँग सहकार्य गरि मानवीय सेवामा लागि पर्दै आएका अध्यक्ष पलिखे र उनका २६ जना पदाधिकारीहरु अहिले दोस्रो लहरमा समेत निःस्वार्थ भावनाले मानवीय सेवामा नै समर्पित हुँदै आएका छन्।
अध्यक्ष पलिखे भन्छन्–“दुःख र पीडामा परेका मानिसहरुको सेवा गर्न पाउँदा मनै आनन्द लाग्छ।” उनका अनुसार मानवीय सेवा गर्नका लागि शुरुमा आफ्नै पदाधिकारीहरुबाट केही रकम उठाइ दुःखी र पीडितहरुको सेवामा लागि पर्दै आएको छ। होप धरानको सकरात्मक काम देखेर देश/विदेशमा बस्ने सहयोगी हातहरुले समेत होप धरानमा मानवीय सेवामा हातेमालो समेत गर्दै आएको अध्यक्ष पलिखे बताउँछन्।
ह्याप्पी टमी कार्यक्रमः
होप धरानले आफ्ना स्थापनाको शुरुवाति दिनहरुमा धरान १६ स्थित युएन नवोदय कलेजको सहकार्यमा ह्यापी टमी कार्यक्रम सञ्चालन गरेको अध्यक्ष पलिखे बताउँछन्। सो कार्यक्रम अन्तर्गत कलेजको होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुद्वारा तयार पारिएको खाना सडकमा आश्रित बालबालिका र वृद्धवृद्धाहरुलाई वितरण गरिंदै आएको थियो।
होप धरान जुनियर टिमः
होप धरानले अहिले होप धरान नामक जुनियर टिम समेत स्थापना गरेको छ। यस जुनियर टिममा होप धरानका पदाधिकारी हरुका छोराछोरीहरु समेत आवद्ध छन्।अहिले कोरोना महामारीमा अक्सिजनको अभाव हुँदा समस्यामा परेका परिवारलाई निःशुल्क रुपमा घरघरमा पुर्याउने काममा समेत जुनियर टिम लागि पर्दै आएको छ। अध्यक्ष पलिखे भन्छन्–“हामीले आफ्ना छोराछोरीहरुलाई समेत समाज चिनाउन मानवीय सेवामा समर्पित गराएका हौं।” यस्तै जुनियर टिमले हालै मात्र सडकमा बस्ने कुकुरहरुको लागि समेत खाना (मासु र भात) समेत वितरण गर्दै आएको थियो।
खाली अक्सिजन सिलिण्डर बटुल्दै होप धरानः
कोरोना महामारीको कारण अहिले कुनैपनि कोरोना संक्रमित अभावमा छट्पटिनु नपरोस् भनि होप धरानले कसैको घरमा त्यसै खेर राखिएको सिलिण्डर समेत बटुल्दै अक्सिजन भरि समस्यामा परेका संक्रमितहरुलाई नयाँ जीवन दिन लागि परेको छ। अध्यक्ष पलिखे भन्छन्–“यदि कसैको घरमा त्यतिकै राखिएको खाली सिलिण्डर छभने हामीलाई दिनुहोस्, तपाईले त्यसै रादेको खाली सिलिण्डरले कसैलाई नयाँ जीवन दिन सघाउ पुग्नेछ।” उनी फेरि थप्छन्–“हजुरहरुले दिनु भएको खाली सिलिण्डर महामारी हटेपछि पुनः हजुरहरुकै घरमा पुर्याईने बाचा समेत गर्दैछौं।
स्थानीय सरकारप्रति होप धरानको दुःखेसोः
पहिलो कोरोना कहरमा ज्याला मजदुरी गरि जीवन धान्दै आएका परिवारहरुका निम्ति खाद्यान्न राहत वितरण गर्न फुडबैंकको स्थापना गर्ने स्थानीय सरकार दोस्रो कोरोना कहरमा मौन बसेको देख्दा आफुहरुलाई साह्रै दुःख लागेको अध्यक्ष पलिखे बताउँछन्। उनी भन्छन्–“जनताले बनाएको सरकार जनतालाई परेको पीडामा मौन बस्नु ज्यादै नै दुःखदायी कुरा हो।”
यो पटक त स्थानीय सरकार आफु पनि मौन बसेको र सहयोगी हातहरुले बाँडेको राहतमा समेत अवरोध गरेको कुरा जन सरोकार मञ्चका सचिव भक्त क्षत्री बताउँछन्। मञ्चका पदाधिकारीहरुबाट संकलित रकमद्वारा ज्याला मजदुरी गरिखाने परिवारहरुका निम्ति खाद्यान्न वितरण गर्न लाग्दा १० दिनपछि मात्र पालो आउने कुरा स्थानीय सरकारकोतर्फबाट आदेश आएको सचिव क्षत्रीले गुनासो पोखे।
सामुदायिक प्रहरी सेवा केन्द्रका कोषाध्यक्ष तथा समाजसेवी तारा शाक्य महामारीको बेला होप धरान लगायतका संस्थाले अति विपन्न र समस्यामा पर्दै आएका परिवारहरुलाई पुर्याउँदै आएको सेवा अत्यन्तै प्रशंसनीय रहेको बताउँछिन्।
अहिले होप धरानसँगै मानव सेवा कल्याण समाजले समेत सडकमा आश्रित परिवारहरुका निम्ति बिहान–बेलुकीको खाना वितरण गर्दै गरि भोका पेटहरुको सहयोगी बन्दै आएको छ। यस्तैगरी लायन्स क्लब, युथ फर एक्शन ग्रुप नामक युवाहरुको संस्था पनि यतिबेला अति विपन्न परिवारहरुलाई खाद्यान्न वितरण गरि उनीहरुको जीवनमा सहजता ल्याउने काम गरेको छ।
निष्कर्षः
साँच्चै नै भन्नुपर्दा यस्तो महामारीमा समेत अग्रपंक्तिमा रहि अति विपन्न परिवारहरुको सारथी बन्दै आएको होप धरान जस्ता अन्य संस्थाहरुलाई राज्यद्वारा नै जगेर्ना गरि समन्वयकारी भुमिका निर्वाह गर्न सक्नुपर्छ। अनिमात्र मुलुकको गरिबी हटाउने कुरा टेवा पुगी समृद्ध नेपाल बन्नमा थप सहयोग पुग्नेछ। (साभारः दिव्य रोशनी साप्ताहिक वर्ष १७ अंक ५ बाट)

can you take viagra if you are on blood thinners But market observers increasingly doubt the situation hasimproved enough to allow a bond market return next year
Thanks a lot. Useful information!
need help to write an essay essay help australia help writing essays help me essay
levitra vol maroc I want to take nolva but i dont want my mild case of gyno getting worse because of it
online casino free money online casinos for us players casino usa online real money online casinos
sign up bonus no deposit casino best deposit casino bonus free money no deposit casino free online games to win real money no deposit
no deposit casino bonus best welcome bonus casino blackjack app real money casino online real money usa
top us online casinos best online casino welcome bonus play bingo for real money online us casinos
online casino reviews usa mobile casino online us casinos top us online casino
online casinos for real money online casino free signup bonus
no deposit required casino bonuses online best online usa casinos