विहिवार थप २४७४ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा विहिवार थप २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ६ लाख २९ हजार ४ सय ३१ र एन्टिजेन परिक्षणबाट २९ हजार ९ सय ३४ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ हजार ५ सय १८ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ५ लाख ७० हजार ९ सय ५८ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ८ हजार ९ सय १८ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.