शुक्रवार थप २४७६ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा शुक्रवार थप २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ६ लाख ३१ हजार १ सय ५२ र एन्टिजेन परिक्षणबाट ३० हजार ६ सय ८९ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ५ हजार ४ सय ५५ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ५ लाख ७६ हजार ४ सय १३ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ८ हजार ९ सय ४५ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *