शनिवार थप २०१६ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

(दिव्य रोशनी)/ नेपालमा शनिवार थप २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या पिसीआर परिक्षणबाट ६ लाख ३२ हजार ३ सय २६ र एन्टिजेन परिक्षणबाट ३१ हजार ५ सय ३१ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ४ हजार ९ सय १४ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ५ लाख ८१ हजार ३ सय २७ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ८ हजार ९ सय ७५ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *