सेकेन्डरी पुर्व विद्यार्थीद्धारा व्लड डोनेसन
दिव्य रोशनी(धरान)/ सेकेन्डरी स्कुलका पुर्व विद्यार्थी समुहले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
धरान १८ विपि डेन्टल गेट अगाडि रहेको विपि पार्कमा आयोजित व्लड डोनेसन कार्यक्रममा २३ पिन्ट रगत संकलन भएको थियो । धरान १ स्थित हाल धरान आर्दश कलेज रहेको स्थानमा सेकेन्डरी स्कुल रहेको थियो । सोहि विद्यालयका ४७, ५१, ५२, ५५ र ५६ व्याचका विद्यार्थीहरु मिलेर २०४७ व्याचका हेमराज सुनुवारको संयोजकत्वमा सेकेन्डरी स्कुल पुर्व विद्यार्थी समुहको स्थापना भएको हो । पुर्व विद्यार्थीहरु विच भाइचारा वढाउदै विभिन्न सामाजिक कार्य गर्नको लागि सेकेन्डरी स्कुलका पुर्व विद्यार्थी संगठन २०७८ सालमा स्थापना भएको ५५ व्याच संगठनका उपाध्यक्ष पार्वति लिम्वुले जानकारी गराए। २०२५ सालमा स्थापना भएको सेकेन्डरी स्कुल हाल वन्द भइसकेको छ। व्लड डोनेसन कार्यक्रममा धरान १८ न. वडाका वडा सदस्य देवान राई, २०५१ व्याचका विद्यर्थी एवं इन्जिनियर क्याम्पस धरानका प्राध्यपक चन्द्रशेखर लिम्वु, अल्फा विटा कोयला एजुकेशन कन्सलटेन्सिका म्यानेजिङ्ग डाइरेक्टर तथा ५२ व्याचका संजिव राई लगायतको उपस्थिति रहेको थियो।

Pingback: 티비위키