कोरोना संक्रमित पत्रकारहरुका लागी प्रेस युनियद्धारा मोबाइल डाक्टर सेवा शुरु

(दिव्य रोशनी)/ नेपाल प्रेस युनियन सुनसरीले सोमबारदेखि जिल्लामा रहेका संक्रमित पत्रकारहरुको घरमै गएर मोबाइल डाक्टर सेवा सुरु गरेको छ।
कोरोना संक्रमित पत्रकारहरुलाई डाक्टर, नर्ससहितको टोलीले सोमवारदेखी औषधी तथा निःशुल्क परामर्श सेवा दिन शुरु गरेको हो।
इटहरीका पुराना पत्रकार कृष्ण भट्टराई ‘भुल्केली’ ले घरमै आइसोलेट भएर बसेको बेला डाक्टर, नर्ससहित औषधी र परामर्श दिदाँ आफूलाई कोरोनाबिरुद्ध लड्न आत्मबल पुगेको बताए ।
सोही सन्र्दभमा संक्रमित पत्रकार भट्टराईलले भने, ‘हौसला र आत्मबल भयो भने कोरोनालाई सहज रुपमा जित्न सकिनेरहेछ । घरमै आइसोलेट भएर बस्दा केही गाह्रो भएपनि उत्प्रेरणा र आत्मबलले कोरोना जितिने रहेछ ।’
प्रेस युनियन सुनसरीले मेडिकल अधिकृत डा. अमितकुमार खतिवडा, स्टार्फ नर्स किरण चौधरी, मेडिकियर पोलिक्लिनिक कालाबन्जरका अध्यक्ष तथा औषधी विज्ञ घनेश्वर शर्मासँगको सहकार्यमा जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर मोबाइल डाक्टर सेवा सुरु गरेको युनियका अध्यक्ष पवन अधिकारीले जानकारी दिए।
उनका अनुसार गतवर्ष सुनसरीका दुई सय ६० जना सञ्चारकर्मीको प्रेस युनियनले कोरोना बीमा गरेको थियो । ती मध्ये ३० जना सञ्चारकर्मीहरुलाई जनही एक लाखका दरले बिमा रकम समेत हस्तान्तरण गरिसकिएको छ ।
यसपटक दोस्रो चरणको भेरियन्ट शुरुभएपछि झण्डै एक दर्जन पत्रकारहरु संक्रमित भएकाले उनीहरुलाई कोरोना जित्नका लागि आत्मबल बढोस् भन्ने उदेश्यले उक्त अभियान सञ्चालन गरिएको उनले बताए । ‘हामीले संक्रमित पत्रकारहरुलाई हौसला र आत्मबल बढोस् भनेर डाक्टर, नर्ससहित घरमै गएर औषधी दिने तथा परामर्श दिने अभियान सञ्चालन गरेका छौँ,’ अध्यक्ष अधिकारीले भने, ‘कोरोना महामारीको चपेटामा पत्रकारिता क्षेत्र पनि अछुतो रहन नसकेको र यसले पारेको नकारात्मक प्रभाव चिर्नका लागि यो अभियान सञ्चालन गरिएको हो ।’
डा. अमितकुमार खतिवडाले कोरोना संक्रमितहरुलाई हौसला र आत्मबल बढाउनका निम्ति परामर्श दिने गरेको बताए। उनले भने, ‘यसबेला धेरैजसो मानिसहरु मानसिक रुपमा कमजोर भएका छन्, त्यतिकै पनि त्रासमा बाँचरिहेका छन्, यस्तो समयमा सकारात्मक परामर्शले पनि ठूलो समस्या समाधान हुनसक्छ ।’ उनले अहिले नकारात्मक समाचारहरु मात्रै आएको, महामारीको त्रास फैलिएको र मानसिक रुपमा मानिसहरु कमजोर भएकाले निःशुल्क औषधी, परामर्श दिएको बताए ।
सोमबार युनियनले पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला, कोषाध्यक्ष अजित झा, इटहरीका सञ्चारकर्मी बाबुराम खड्का लगायत आधा दर्जन बढी सञ्चारकर्मीको घरमै गएर सेवा प्रवाह गरेको थियो । ‘संक्रमित सञ्चारकर्मीको घरमै गएर यो किसिमको काम गर्नु ठूलो जिम्मेवारी हो,’ पत्रकार महासंघका केन्द्रीय सदस्य इकवाल अहमदले भने, ‘यो सराहनीय काम हो यस्ता किसिमका काममा सबैले हातेमालो र आत्मबल बढाउने काम गर्न आवश्यक छ।’

161 thoughts on “कोरोना संक्रमित पत्रकारहरुका लागी प्रेस युनियद्धारा मोबाइल डाक्टर सेवा शुरु

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *