संविधान दिवसको अवसरमा धरानमा प्रभातफेरी(भिडीयो सहित)
दिव्य रोशनी(धरान)/ संविधान दिवस २०७९ को अवसरमा धरानमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।
धरान उप–महानगरपालिकाको प्राङ्गणबाट शुरु भएको प्रभातफेरीले धरानको मुख्य बजार छाताचौक महेन्द्र पथ हँुदै भानुचौकमा पुगी सम्पन्न भएको थियो। कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा फहराउँदै मेयर हर्कराज राईले नेपालको संविधान संसारकै सर्वोत्कृष्ट संविधान भएको बताए। उनले हजारौ वीर शहिदहरुको बलिदानी पश्चात् प्राप्त भएको संविधानले सबैको अधिकार सुनिश्चित गरेको बताए। उनले भने “नेपालको संविधान प्रति हामीले गौरव गर्नु पर्दछ, धेरैवर्षको संघर्ष पश्चात नेपाली जनताले प्राप्त गरेको संविधानलाई सबैले संरक्षण र पालना गर्नुपर्छ।”

प्रभातफेरीमा धरान उपमहानगरपालिकाका कर्मचारी, जनप्रतिनिधी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, धरान बैंकर्स संघ लगायतको उपस्थिती रहेको थियो।

Pingback: buy mdma online australia
Pingback: Study in Africa
Pingback: kesan magic mushroom
Pingback: superkaya88
Pingback: führerschein kaufen online
Pingback: bonanza178