९८ जेष्ठ नागरीक सम्मानित

मोहन कुमार राई
(दिव्य रोशनी)संखुवासभा/
गाउविकास तथा ऋण सहकारी संस्था लि.चैनपुरले आफ्नो ११ औं साधारण सभामा ९८ जना जेष्ठ नागरिकहरुलाई सम्मानित गरेको छ।
‘सदस्यहरुको वित्तिय सोचाई, गाउँ विकास कोषको पहिलो रोजाई’ मूल नाराका साथ सम्पन्न सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभामा ७० वर्ष देखि ८० वर्ष सम्मका ८४ जना, ८१ वर्ष देखि ९० वर्ष सम्मका १३ जना र ९१ वर्ष माथिका १ जना गरी जम्मा ९८ जना जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो। जेष्ठ शेयर सदस्य क्रमश ८४ जनालाई जनही १ हजार दुई सयका दरले ,१३ जनालाई १ हजार ५ सयका दरलेर र १ जनालाई १ हजार ८ सयका दरले नगदद्धारा कार्यक्रमका प्रमुख अतिथि एवं चैनपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख कालिबहादुर लिम्बुबाट सम्मान गरिएको थियो ।
यसै गरी कार्यक्रममा ७ जना उत्कृष्ट वचतकर्र्ता ,उत्कृष्ट २ जना शेयर खरिदकर्ता, २ जना असल व्यवसायी, उत्कृष्ट समुह, कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने ७ जना छात्रा÷छात्रहरु, १० जना फरक क्षमता भएकाहरुलाई समेत नगदद्धारा पुरस्कृत गरिएको कार्यक्रम सञ्चालक सीता शर्माले बताउनुभयो ।
२०६८ सालमा स्थापित सहकारी संस्थाको आषाढ मसान्त सम्म १ हजार ३ सय ६२ महिला र १ हजार ५५ पुरुष सहित २ हजार ४ सय १७ शेयर सदस्य संख्या रहेको छ। सहकारी संस्थाको अध्यक्ष तेजबहादुर भण्डारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै समुदायमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै व्यवसायीमूलक कार्यमा लगानी गरी गुणस्तरीय सेवाका माध्यमबाट उनीहरुलाई आत्मनिर्भर बनाउन साथै आर्थिक सामाजिक तथा साँस्कृतिक विकास गर्दै उत्कृष्ठ सहकारी बनाउने बताउनुभयो।
१७ करोड, ४६ लाख, ७१ हजार ७ सय ६९ बराबरको वार्षिक आय–व्याय लेखा समिति संयोजक भीम बहादुर कार्कीद्धारा संस्थाको २०७८/०७९ को प्रस्तुत गर्नुभएको थियो। जसको निक्षेप (बचत) तर्फ १४ करोड,५४ लाख, २५ हजार २ सय ५१ , कर्जा लगानी तथा सापटी १३ करोड ५२ लाख ८९ हजार ३ सय ७६, जगेडा कोष ४४ लाख, ४८ हजार ८ सय ७३ , अन्य कोष १ करोड, १४ लाख, ५७ हजार ४सय २१ रहेको समेत लेखा समिति संयोजक कार्कीले वताउनुभयो । संस्थाको आयकर अघिको नाफा ६१ लाख, ४९ हजार, ३ सय ९९ मध्ये आयकर ३ लाख ७ हजार ४ सय ६९ कट्टा गरी खुद नाफा ५८ लाख,४१ हजार ९ सय २९ प्राप्त भएको समेत संयोजक कार्कीले वताउनुभयो ।
संस्थाको नीति नियम अनुसार सबै शेयर सदस्यहरु चल्ने हो भने संस्था नाफामा जाने र शेयर सदस्यहरुको पनि हित हुने प्रवन्धक ओमनाथ गिरीले वताउनुभयो।
कार्यक्रममा सामाजिक संघ संस्थाका प्रतिनिधि, जिल्ला वचत तथा ऋण सहकारीका लेखा समिति सदस्य मणिराज दाहाल, जनप्रतिनिधिहरु, लगायतको उपस्थिति रहेको थियो।

12 thoughts on “९८ जेष्ठ नागरीक सम्मानित

टिप्पणीहरू are closed.