पाचौ मि. भिजन शारिरिक सुगठनको तयारी पुरा

भिजन फिटनेसको आयोजनामा यहि फागुन १९ गते शनिवार हुन लागेको धरान उपमहानगर स्तरिय पाचौ मि. भिजन शारिरिक सुगठन प्रतियोगिताको तयारी पुरा भएको छ ।
प्रतियोगतामा धरान उपमहानगरपालिका भरिका फिटनेस सेन्टरवाट १८ जना खेलाडिहरुले प्रतिश्पर्धा गर्ने भएको छ । ५५ केजिमा ५ जना , ६० केजिमा ५, ७० केजिमा ४ र ७५ केजि तौल समुहमा ४ जना खेलाडिहरुले प्रतिश्पर्धा गर्न लागेका हुन । प्रतियोगिताका विजेता खेलाडिले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । क्रमशः दोस्रो, तेस्रो र चौथो हुनेले नगद २५ हजार, १५ हजार, १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि व्यक्तिगन उपाधि तर्फ वेस्ट पोजर, वेस्ट इम्प्रुभमेन्ट, वेस्ट मस्कुलर र वेस्ट टिम उपाधि विजेताले जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
     यस अघिको मि. भिजन प्रतियोगितामा भिजन फिटनेसका खेलाडिहरुले मात्र प्रतिश्पर्धामा भाग लिन पाउथे । पाचौमा भने धरान उपमहानगरपालिक भरिका खेलाडिहरुले प्रतिश्पर्धा गर्न पाउनेछ । प्रतियोगितामा पुर्व विजेताहरुले सहभागिता हुन पाउने छैन । प्रतियोगिता धरान १३ स्थित वेन्क्वीट पार्टि प्यालेसको हलमा हुनेछ ।