सोनाम ल्होछारको अवसरमा साँस्कृतिक पर्यटन महोत्सव शुरु(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ तामाङ जातीहरुको महान् चाँड २८६० सोनाम ल्होछारको अवसरमा धरानमा बृहत साँस्कृतिक पर्यटन महोत्सव शुरु भएको छ।


विगतका वर्षहरुमा धरान १५ श्याम चौक आसपासमा महोत्सवको आयोजना गर्दै आएतापनि यसवर्ष धरान १२ स्थित पब्लिक हाईस्कुलको खेल मैदानमा पर्यटन महोत्सवको आयोजना गरिएको छ। यही माघ २७ गते फागुन ५ गतेसम्म आयोजना हुने बृहत सांस्कृतिक महोत्सवको उद्धघाटन धरान उपमहानगरपापिलकाका मेयर हर्कराज साम्पाङ राईले गरेका छन्। उनले सोनाम ल्होछारमा अन्नको बिउ राख्ने परम्पराले हामीलाई माटो छुनुपर्ने, अन्न फलाउनुपर्र्ने र ल्होछारले सदैव कृषि कर्ममा लाग्न प्रेरित गरेको बताए।


नेपाल तामाङ घेदुङ धरान नगर अध्यक्ष सपन योञ्जनले तामाङले सोनाम ल्होछारको अवसरमा पब्लिक हाइस्कुलको खेलमैदानमा बृहत सांस्कृतिक महोत्सवको आयोजना गरिएको बताए। उनले महोत्सवले तामाङ जातीको पहिचान, संस्कृति, चाँड तथा ऐतिहासिक परम्परा संगै धरान सुन्दर नगरीको पर्यटन, पर्यावरणलाई सम्बद्र्धन प्रवद्र्धन गर्ने जनाए। उनका अनुसार महोत्सवले पर्यटक, भित्र्याउने र आर्थिक क्रान्तिमा टेवा पुयाउने उद्धेश्य रहेको छ।
महोत्सवमा खेल मनोरञ्जनहरुमा पिङ, ड्रागन, मिकी माउस रहेको छ भने प्रत्येक दिन साँझ स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती पनि रहने आयोजकले जनाएको छ ।