कोरोना संक्रमण दर बढ्योः सोमवार थप ७४४८ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा कोरोना संक्रमण दर बढ्दै गएको छ।सोमवार मात्रै थप ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ७३८८ जना र एन्टिजेन परिक्षणमा ६० जनागरी ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ हजार २१ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ८६ हजार १५ पुगेको छ।
यसैगरी यसैगरी पछिल्लो पटक थप मृतक ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार ३ सय ६२ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

98 thoughts on “कोरोना संक्रमण दर बढ्योः सोमवार थप ७४४८ जनामा कोरोना संक्रमण पुष्टि

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *