कोरोना संक्रमण अहिले सम्मकै उच्चः आईतवार थप ७२११ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा कोरोना संक्रमण दर अहिले सम्मकै उच्च रहेको छ।आईतवार मात्रै थप ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ७१३७ जना र एन्टिजेन परिक्षणमा ७४ जनागरी ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर १ हजार ६ सय १२ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ८३ हजार ९ सय ९४ पुगेको छ।
यसैगरी यसैगरी पछिल्लो पटक थप मृतक २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार ३ सय २५ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

 

6 thoughts on “कोरोना संक्रमण अहिले सम्मकै उच्चः आईतवार थप ७२११ जनामा कोरोना संक्रमण पुष्टि

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *