१८ न. वडा कार्यालयद्धारा दलित महिला संजाललाई कार्यालय सामग्री प्रदान

धरान उपमहानगरपालिका १८ न. वडा कार्यालयले दलित महिला संजाल धरान नगर कमिटिलाई कार्यालय प्रयोजनका लागि कार्यालय सामग्री प्रदान गरेको छ ।
१८ न. वडा कार्यलयले शुक्रवार आप्mनै कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सहयोग सामग्री हस्तान्तरण गरेका हुन । वडा कार्यालयले करिव ४० हजार रुपैया वरावरको एक थान अफिस टेवल, स्टिल दाराज एक थान र कुर्सी एक थान प्रदान गरेको छ । कार्यक्रमका सभाध्यक्ष १८ न. वडाका वडाध्यक्ष नरेन्द्रकुमार राई(प्रविण)ले संजालका अध्यक्ष सुनिता सेन्चुरीलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।
      दलित महिला संजाल संस्था दलित महिलाहरुको हक, हितका लागि २०७५ सालमा स्थापना भएको संजालका सल्लाहकार सकुन्तला त्रिखत्रीले जानकारी गराइन्। संस्था स्थापना भएपनि संस्था संचालनका लागि कार्यालय कोठा नभएपछि धरान ११ स्थित आप्mनै घरको एक कोठा कार्यालय प्रयोजनका लागि प्रयोग गरिरहेकि उनले जनाए । गत साल पनि १८ न. वडा कार्यलयले नै कार्यालयका लागि कुर्सी प्रदान गरेको थियो ।  महिला संजाल संस्थामा धरान उपमहानगरपालिका भरिका दलित महिलाहरु आवद्ध रहेको उनले वताए । सहयोग हस्तान्तरण कार्यक्रममा धरान १८ नं वडा सदस्य जमुना त्रिखत्रि मोक्तान, दिलकुमारी राइ, देवान चाम्लिङ, वडा सचिव धर्मराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।