स्व. कवि विमल गुरुङको स्मृतिमा श्रद्धाञ्जलीसभा

दिव्य रोशनी(धरान)/ कवि विमल गुरुङ स्मृतिमा श्रद्धान्जली सभाको आयोजना गरिएको छ।
शनिवार धरान १८ स्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रममा कवि गुरुङको ३३ औं स्मृति दिवसमा श्रद्धान्जलीसभाको आयोजना गरिएको हो।
कार्यक्रममा कवि गुरुङको अमर कृति “शहरको प्रगाढ मौनता” कविता संग्रह र उहाँकै सम्झनामा तयार पारिएको “शब्द चित्र” पुस्तकको विमोचन समेत गरिएको थियो। सो पुस्तकको विमोचन कार्यक्रमका प्रमुख अतिथी भाषाविद प्रा.डा. टंक प्रसाद न्यौपाने र कवि गुरुङका पिता तथा पुस्तकालयका अध्यक्ष पूर्ण बहादुर गुरुङको बाहुलिबाट गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दैे कवि विमल गुरुङकी दिदी शान्ति गुरुङले भाई विमलले संसार छाडेको ३३ वर्ष पुरा भएको बताउदै सानै उमेरमा कलम चलाएर नाम कमाएको समेत बताईन्। उनिले श्रद्धन्जालि सभामा पाल्न हुने सम्पूर्ण महानुभावहरुमा आभार समेत प्रकट गरिन्।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. टंक प्रसाद न्यौपानेले कवि गुरुङ प्रति श्रद्धान्जलि व्यक्त गर्दै १९ बर्षकै कलिलो उमेरमा कविता लेख्न सक्ने एउटा विलक्षण प्रतिभाको खानी रहेको बताए। उनले कवि बिमल गुरुङ जुग जुग बाँचिरहेन अमर स्रष्टा रहेको बताउदै यस्तो प्रतिभालाई जति नै सम्मान गरेपनि अधुरै रहने बताए। साथै प्रा.डा. न्यौपानेले यस पुस्तकालयको गरिमा उच्च रहेको बताउदै एकलाखको सम्मानित राष्ट्रिय पुरस्कार पनि प्राप्त गरिसकेको बताए।
त्यसरी श्रद्धान्जली सभामा बोल्दै साहित्यकार गणेश कुमारी राईले आफुलाई अझैपनि कवि विमल गुरुङको झल्झली याद आईरहेको बताए। उनले कवि विमलको स्मृतिमा उहाँको पिताले पुस्तकालय स्थापना गरेकोमा आफुलाई गर्व लागेको बताए। त्यसैगरी कवि राज माङ्लाकले कवि बिमल गुरुङद्वारा रचित “शहरको प्रगाढ मौनता” कृतिमा उहाँद्वारा रचिएका ६५ वटा कविताको एउटा संग्रह हो भने “शब्द चित्र” भन्ने पुस्तक नेपालका चर्चित पत्रकार देखि अहिलेका नयाँ पत्रकार सम्मले बिमल गुरुङका बारेमा लेखिएका लेख रचना समावेश गरिएको एउटा पुस्तक भएको जानकारी दिए।
यसैगरी पुस्तकालयका संस्थापक अध्यक्ष पुर्ण बहादुर गुरुङले अहिले आएर पुस्तकालयमा पाठकहरु नआउने र विचविचमा साहित्यिक गतिविधि र कार्यक्रम गर्न पनि कसैको सहयोग नपाएको दुखेसा पोखे।
कार्यक्रमको संचालन पुस्तकालयका सचिव भिम चाम्लिङले गरेका थिए।(दिव्य रोशनी साप्ताहिकबाट)