झुनाज फिटनेसद्धारा सुनसरी महिला बास्केटवल टिमलाई सहयोग

दिव्य रोशनी(धरान)/ सुनसरी महिला बास्केटवल टिमलाई झुना राईले आफ्नो झुनाज फिटनेस निःशुल्क प्रयोग गर्न दिने भएका छन् ।
राईले ९ औं राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षणमा रहेका १२ जना महिला बास्केटवल खेलाडिहरुको फिटनेसका लागि आफ्नो फिटनेस सेन्टर निःशुल्क रुपमा प्रयोग गर्न सहयोग गरेका हुन । यहि भाद्र ७ गते छनौट भएका सुनसरीका महिला र पुरुष बास्केटवल खेलाडिहरुले धरान रंगशाला कर्भडहलमा प्रशिक्षण गरिरहेका छन् । उनिहरुको थप फिटनेसका लागि जिम र स्विमिङ सहयोगि हुने भएकोले सुनसरी बास्केटवल संघका पुर्व कोषाध्यक्ष समेत रहेकि राईले आफ्नो फिटनेस उपलव्ध गराएका हुन् । सुनसरी महिला बास्केटवल टिममा डा. आशा राई, तनु राई, सितल तामाङ, आस्था कुलुङ राई, निरुता राई, इक्सा लिम्वु, संझना राई, सेरिना लिम्वु, आशा लामा, एल्भिना गुरुङ, नुमा लिम्वु र तनिशा श्रेष्ठ रहेका छन् । त्यस्तै गरि पुरुष तर्फ विवेकमनि श्रेष्ठ, दिवस राई, सुसन श्रेष्ठ, विकेन चौधरी, रवि बास्फोर, सन्दिप श्रेष्ठ, समिर राई, नविन राई, हेमन्त राई, योक राई, कविन मगर र साहिल तामाङ रहेका छन् ।


प्रशिक्षणमा रहेका सुनसरीका खेलाडिहरुले असोज पहिलो हप्ता प्रदेश १ खेलाडि छनौट प्रतियोगितामा सहभागिता जनाउनेछ । छनौट प्रतियोगितावाट प्रदेश १ महिला र पुरुष बास्केटवल खेलाडि छनौट गरिनेछ । छनौट भएका खेलाडिहरुले प्रदेश १ को प्रतिनिधित्व गर्दै असोज २८ गते देखि सुरु हुने ९ औ राष्ट्रिय प्रतियोतिामा प्रतिश्पर्धा जनाउने सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले बताए।

10 thoughts on “झुनाज फिटनेसद्धारा सुनसरी महिला बास्केटवल टिमलाई सहयोग

टिप्पणीहरू are closed.