धरानमा ब्लाक हग राईडर्स मिट हुने

दिव्य रोशनी(धरान)/ रोयल ईस्टर्न ईन्फिल्डर्स धरानले यही भाद्र २४ देखी २६ गतेसम्म धरानमा ब्लाक हग राईडर्स मिट २०२२ को आयोजना गर्ने भएको छ।
आज मंगलवार धरानको विग फुट्सलमा आयोजित पत्रकार सम्म्ेलनमा क्लबका अध्यक्ष योगेन राईले धरानमा पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले देश तथा विदेशमा रहेका रोयल ईन्फिल्ड राईडर्सहरुलाई जोड्न कार्यक्रमको आयोजना गर्न लागिएको बताए। उनले कार्यक्रममा नेपालका विभिन्न शहरहरुका राईडर्स समुह लगायत भारतका राईडर्सहरुलाई धरानको परिचय तथा आतिथ्यताको अनुभव गराउने बताए। उनका अनुसारयस मिटले सवारी दुर्घटना न्युनिकरणको लागि सचेतना गराउने र लागुऔषध दुव्र्यसनविरुद्ध युवाहरुमा जनचेतना जगाउने पनि कार्यक्रमको उद्देश्य रहेको छ।


धरान १९ स्थित हरियाली सामुदायिक वनमा हुने राइडर्स मिटमा नेपाल, भारतका गरि २ सय भन्दा धेरै राइडर्सहरु सहभागी हुने क्लबका सचिव बुद्ध लामाले जानकारी दिए । उनले एक जना राईडर्स आयरल्याण्डबाट पनि सहभागी हुने जनाए। यस मिटमा एड्भनेचर गेम, साँस्कृतिक कार्यक्रम, पुरस्कार तथा उपहार वितरण, सास्कृतिक झाँकी तथा प्रदर्शनी, पूर्वको मौलिक खानाको परिकार तथा धरान आसपासका क्षेत्रको धार्मीक तथा पर्यटकिय क्षेत्रको भ्रमणको पनि आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रमको आर्थिक संयोजक एसपजंग रुम्दालीका अनुसार कार्यक्रममा २४ लाख ६० हजार आय हुने र २३ लाख २६ हजार ७ सय ५० रुपैया खर्च हुने अनुमान गरिएको छ।

13 thoughts on “धरानमा ब्लाक हग राईडर्स मिट हुने

टिप्पणीहरू are closed.