धनीपुर्जा बितरण प्रक्रिय कम्तिमा दुई महिना लाग्ने

दिव्य रोशनी(धरान)/ भुमिहिन आयोगद्वारा धनीपुर्जा बितरण गर्न कम्तिमा दुई महिनाको प्रक्रिया लाग्ने कुरा भुमि आयोग सुनसरीका अध्यक्ष भगिरथ खत्वेले जानकारी दिए ।
मंगलबार जनता समाजवादी पार्टी धरान उपमहानगर समितिले आयोजनाको अन्तर्कृया कार्यक्रममा यस्तो कुरा बताएका हुन । अध्यक्ष खत्वेले सुनसरी जिल्लामा धरान र बराहक्षेत्रमा धनीपुर्जा बितरण प्रकृया शुरु गरिएको बताए । उनले धरानमा नगरपालिकाले सम्पुर्ण डाटा लगाईसकेकोले अव वडाबाट सम्पुर्ण काम भए निस्सा बितरण गरिने कुरा खत्वेले जानकारी दिए । उनका अनुसार आयोगले एक घरपरिवारलाई कम्तिमा पौने सात धुर जग्गा दिने तयारी गरिरहेको छ। उनले लालपुर्जा पाएको दश वर्षसम्म बेचबिखन गर्न नपाउन ेगरिको व्यावस्था रहेको समेत बताए । धनीपुर्जा प्राप्त गर्दा नेपाल सरकारलाई सरकारि मुल्यको पाँचदेखि सय प्रतिशतसम्म राजश्व बुझाउनुपर्ने प्रावधान रहेको अध्यक्ष खत्वेले बताए । उनले सुकुम्बासी जस्ले पैसा नभएकै कारण जग्गा किन्न नसक्ने भएकोले यि सबै कुरा उपमहानगरको हातमा रहेको भन्दै मेयर समक्ष यि कुरा राखिएको बताए।
कार्यक्रममा जनता समाजवादि पार्टीको संघीय परिषद अध्यक्ष अशोक राईले राजश्व सकेसम्म पाँच प्रतिशत बनाउने तर्फ ध्यान दिनुपर्ने बताए। धनीपुर्जाको बिषयमा अध्यक्ष राईले विशेष चासो दिएका थिए । यसैगरी जनता समाजवादी पार्टी सुकुम्बासी समिति अध्यक्ष केशब कालिकोटेले धरान उपमहानगर भित्र धनीपुर्जा बितरण ढिलाई हुनुमा वडा समितिको कारण रहेको बताए । उनले नगरपालिकाको तथ्यांक सबै चढाईसकेको अवस्था अव प्रक्रिया वडाबाट हुने भएकाले वडालाई छिटो काम गर्न लगाउनुपर्ने बताए। सोहीक्रममा उनले धरान वडा नम्बर ५ को सेउति खोलाको किनारामा बस्नेले धनीपुर्जा नपाउने बताए। उनिहरुले त्यहि बस्न पाउने तर त्यहाको जग्गामा धनीपुर्जा पाउन नसक्ने भएकाले त्यसको बिकल्पमा अन्यत्र सट्टा भर्ना गरिनुपर्ने बताए।

7 thoughts on “धनीपुर्जा बितरण प्रक्रिय कम्तिमा दुई महिना लाग्ने

टिप्पणीहरू are closed.