पाचौ जुनियर भिजन च्याम्पियनसिप फागुन १९ मा हुने

भिजन फिटनेसको आयोजनामा फागुन १९ गते पाचौ धरान उपमहानगर स्तरिय जुनियर मि. भिजन च्यापियनसिप २०८० हुने भएको छ ।
भिजन फिटनेसको छैठौ प्रस्तुति अन्तर्गत पाचौ जुनियर मि. भिजन वडिविल्डि¨ च्याम्पियनसिपको आयोजना गर्न लागिएको फिटनेसले वुधवार वुद्धचौक स्थित एमसि क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराए । पाचौ जुनियर च्याम्पियनसिपमा पुर्व वडिविल्¨ि प्रतियोगिता विजेताहरुले सहभागिता हुन पाउने छैन । प्रतियोगितामा धरान भित्रका फिटनेस सेन्टरका खेलाडिहरुले मात्र सहभागिता हुन पाउनेछ । प्रतियोगिताका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, तृतियले नगद १५ हजार र चौथोले नगद १० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि टाइटल विजेताहरुमा वेस्ट पोजर, वेस्ट मस्कुलर, वेस्ट इम्प्रुभमेन्ट र वेस्ट टिमले जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा चार तौल समुह ५५, ६०, ६५ र ७० केजि तौल समुह विच प्रतिश्पर्धा हुनेछ । प्रत्येक तौल समुहका विजेताले फाइनल चरणमा उपाधिका लागि प्रतिश्पर्धा गर्नुपर्ने भिजन फिटनेसका संचालक केशव श्रेष्ठले जानकारी गराए ।
भिजन फिटनेसको पहिलो प्रस्तुतिको रुपमा २०६८ सालमा मि. धरानको आयोजना गरेका थिए । दोस्रो संस्करण देखि भने भिजन फिटनेसका खेलाडिहरु विच मात्र प्रतिश्पधा गराई मि.भिजन च्याम्पियनसिपको सुरुवात गरेका थिए । छैटौ संस्करणमा भने धरान उपमहानगर भरिका खेलाडिहरुले प्रतिश्पर्धामा सहभागिता जनाउन पाइने गरि पाचौ जुनियर मि. भिजन च्याम्पियनसिप गर्न लागिएको आयोजकले जनाए । पत्रकार सम्मेलनमा नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, फिटनेसका सचिव विनोदकुमार नेपाली, कोषाध्यक्ष सिता राई श्रेष्ठ, सदस्य प्रिया देवान लगायतको उपस्थिति रहेको थियो ।