शुक्रवार थप २४४९ जनामा कोरोना संक्रमण पुष्टिः ५ को मृत्यु
(दिव्य रोशनी)/ नेपालमा शुक्रवार थप २ हजार ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा २४४९ जना र एन्टिजेन परीक्षणमा ११० जना गरी २ हजार ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ४ सय १० जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५५ पुगेको छ।
यसैगरी पछिल्लो पटक थप मृतक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार १ सय २२ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।


Pingback: Buy Oxandrolone (Anavar)
Patients who develop this syndrome can later tolerate lower doses of fluorouracil, but recurrences have been reported buy finasteride 5mg with amex