शनिवार थप २४४९ जनामा कोरोना संक्रमण पुष्टिः ३६८ जना डिस्चार्ज

(दिव्य रोशनी)/ नेपालमा शनिवार थप २ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा २४८६ जना र एन्टिजेन परीक्षणमा १३३ जना गरी २ हजार ६ सय १८ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ३ सय ६८ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७७ हजार १ सय २३ पुगेको छ।
यसैगरी यसैगरी पछिल्लो पटक थप मृतक ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार १ सय ३६ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

2,429 thoughts on “शनिवार थप २४४९ जनामा कोरोना संक्रमण पुष्टिः ३६८ जना डिस्चार्ज

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *