धरानमा सुर्तीजन्य पदार्थ मध्यपान सेवनको न्यूनिकरण सम्बन्धी अन्तरक्रिया

दिव्य रोशनी(धरान)/ धरानमा “सुर्तीजन्य पदार्थ मध्यपान सेवनको न्यूनिकरण” सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।
स्वास्थ्य कार्यालय सुनसरीको आयोजनामा मंगलवार धरानमा “सुर्तीजन्य पदार्थ मध्यपान सेवनको न्यूनिकरण” सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा स्वास्थ्य कार्यालय सुनसरीका परिवार नियोजन फोकल पर्सन नरेश कुमार यादवले कार्यक्रमलाई सहजीकरण गरेका थिए। उनले सुर्ती जन्य पदार्थमा ७ हजार प्रकारका रसायनिक पदार्थ रहने बताउदै दक्षिण पूर्व एसियाली क्षेत्रमा प्रतिवर्ष १२ लाख मानिसको मृत्यु हुने बताए।
धरान उप–महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताको अध्यतामा सम्पन्न सो कार्यक्रममा पत्रकार मनिता चाम्लिङ, सन्तोष काफ्ले, भरतराज शर्मा लगायतले सुर्तीजन्य पदार्थ मध्यपान सेवनको न्यूनिकरण सम्बन्धी आ–आफ्ना भनाई राखेका थिए।

One thought on “धरानमा सुर्तीजन्य पदार्थ मध्यपान सेवनको न्यूनिकरण सम्बन्धी अन्तरक्रिया

टिप्पणीहरू are closed.