धरानमा श्रमसंस्कृति पदमार्गको उद्धघाटन (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरान २० सर्दुखोला किनारामा रहेको श्रमसंस्कृति पदमार्गको उद्धघाटन गरिएको छ।
मंगलवार धरान उप–महानगरपालिकाका मेयर हर्कराज सम्पाङ राईले सो श्रम संस्कृति पदमार्गको उद्धघाटन गरेका हुन्। तत्कालिन समयमा सो पदमार्गमा पूर्वी नेपालका विभिन्न जिल्लाबाट मानिसहरु ढाकरमा नुन र मट्टीतेल लिन साँगुरीगढी, चिउरीबास हुँदै धरानको फुस्रेमा आउने गर्दथे। सोही ऐतिहासिक बाटोको सिमेन्टी ढलानगरी निर्माण गरिएको पदमार्गको मेयर साम्पाङले उद्घाटन गरेका हुन्।


उद्धघाटन कार्यक्रममा मेयर राईले संघीय सरकारको बजेटबाट श्रमसंस्कृति पदमार्गको निर्माण गरिएको बताए। उनले उक्त पदमार्गलाई विकास गरेर आकर्षण पर्यटकीय क्षेत्र बनाईने बताए। यसैगरी उपमेयर अईन्द्र बिक्रम बेघाले ५ सय १२ मिटरको सिमेन्टी ढलान गरिएको सो पदमार्गलाई आगामी आर्थिक वर्षहरुमा धनकुटाको साँगुरीगढी सम्म पुर्याईने बताए।
यसैगरी कार्यक्रममा पदमार्ग निमार्ण उपभोक्ता समितीका अध्यक्ष राम लिम्बुले पदमार्ग निर्माणको लागि संघीय सरकारबाट चालु आर्थिक बर्षमा कुल ९७ लाख बजेट आएकोमा उक्त बजेटको ४० प्रतिशतले पदमार्ग निर्माण गरिएको बताए। उनले बाँकी ६० प्रतिशत रकम वडा ४ मा बहुउद्देश्यीय भवन निर्माणमा लगानी गरिएको समेत जानकारी दिए। उनका अनुसार पदमार्गको लागि छुट्टीएको ३८ लाख ८० हजार बजेटमा २६.५ प्रतिशत कटाएर २८ लाख ५१ हजार ८ सय प्राप्त भएको थियो भने २० प्रतिशत श्रमदानबाट काम सम्पन्न भएको थियो।

3 thoughts on “धरानमा श्रमसंस्कृति पदमार्गको उद्धघाटन (भिडियो सहित)

टिप्पणीहरू are closed.